तिला कर्णालीमा लक्ष्मण र भिमको भिडन्त

७ फाल्गुन २०७३, शनिबार ११:३२

कालिकोटः तिला कर्णाली बहुमुखी क्याम्पसमा लक्ष्मणकुमार शाही र भिमप्रसाद आचार्यको चुनावी भिडन्त हुने भएको छ । स्ववियु निर्वाचनको सभापती पदमा घम्साघम्सी भिड्ने भएका हुन् । जिल्लाको पहिलो पटक स्थापना भएको क्याम्पसमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघको सयुक्त प्यानलबाट लक्ष्मणकुमार हुन् । त्यस्तै अखिल क्रान्तिकारी,राप्रपा र विप्लव निकट विद्यार्थीको प्यानलबाट भिमप्रसाद आचार्य स्ववियु निर्वाचनको मैदानमा छन् । लक्ष्मणकुमार शाही अनेरास्वीयूका हुन् भने भिमप्रसाद आचार्य अखिल क्रान्तिकारीका उम्मेद्वार हुन् । अनेरास्ववियुले सभापती र मनोनित सहसचिव बाहेकका सवै पधादिकारी नेपाल विद्यार्थी संघलाई सुम्पीएको छ । त्यस्तै अखिल क्रान्तिकारीले पनि सभापती र केही पद आफुलाई राखेको छ भने सचिवलगायतका पद अन्य संगठनलाई दिएको छ । १९७ मात्र मतदाता रहेको क्याम्पसमा सभापती पद हात पार्न ९९ मत प्राप्त गर्नु पर्छ ।

अनेरास्ववियु र नेपाल विद्यार्थी संघको सयुक्त प्यानलले आफ्नो पक्षमा जित सुनिश्ति भएको दावि गरेको छ । त्यस्तै अखिल क्रान्तिकारी,राप्रपा र विप्लव निकटको प्यानलले पनि आफ्नो जित पक्का भएको दावि गरेको छ । १९७ मत मध्य १ सय २० भोट अखिल र नेविसंघले आफुसंग भएको बताइएको छ भने अखिल क्रान्तिकारीले पनि १२० भोट रहेको दावी गरेको छ । वैद्य निकटका विद्यार्थीलाई नजिक पार्न दुवै प्यानल सकृय छन् ।
दुईवटै प्यानलको विश्लेषण गर्दा एमाले निकट अखिल र नेपाली कांग्रेस निकट नेविसंघ विचको गुट उपगुटले गर्दा अखिल क्रान्तिकारी बाजी नमार्ला भन्न सकिन्न । अखिल क्रान्तिकारीसंग भएका मत धेरै सुरक्षित देखिन्छन् । अखिल र नेविसंघका मत केहि ढुलमुल भएकाले मत संरक्षण गर्न पार्टीका नेता कार्यकर्ता सकृय देखिन्छन् । एमाले निकट एक नेताले भने, ‘कांग्रेस निकट नेविसंघले धोका नदिएमा चुनावको बाजी मरिसकेको छ । अखिलबाट नेविसंघलाई कुनै पनि हालतमा सफल बनाउछौं ।’
तर कांग्रेसले पनि एमाले निकट अखिलबाट संका गरेको छ ।

अखिलले धोका नदिए सवै पदमा जित पक्का भएको एक नेताले बताए । माओवादी केन्द्रका एक नेताले भने, ‘तिला कर्णाली बहुमुखि क्याम्पसको स्ववियु निर्वाचनलाई जिल्लाको ‘मिनी इलेक्शन’ का रुपमा लिएका छौ । २०७० सालको संविधान सभाको निर्वाचनमा प्रत्यक्ष जितेको जिल्ला हो । त्यो प्रभावले पनि आफ्नो पक्षमा स्ववीयु निर्वाचन हुन्छ ।’ अखिल क्रान्तिकारीले चुनाव घोषणा नहुनु पुर्व नै तयारी गरेको थियो भने अखिल र नेविसंघले सकृय रुपमा चाल गरेको थिएन् । अनेरास्वीयु र नेविसंघले नन्दादेवि बहुमुखी क्याम्पस कोटवाडामा नेविसंघबाट सभापतीमा सयुक्त उम्मेद्वार बनाएका छन् । त्यस्तै अखिल क्रान्तिकारीको बाहुलीयता भएको त्रिवेणी बहुमुखी क्याम्पस मेहलमुडिमा पनि अनेरास्ववियु र नेविसंघले सयुक्त प्यानल बनाएका छन् । सयुक्त प्यानलबाट नेविसंघले सभापती उठाउने भएको छ ।

तस्विर
१ अखिल क्रान्तिकारी,विप्लव र राप्रपा निकट विद्यार्थीकाे सयुक्त प्यानल
२ अनेरास्ववियु र नेविसंघकाे सयुक्त प्यानल

Next Post

निर्वाचन घोषणा भएन, संविधान संशोधन अघि बढाइने

७ फाल्गुन २०७३, शनिबार ११:३२
काठमाडौं- निर्वाचन मिति घोषणा गर्न बसेको मन्त्रिपरिषद् बैठक सो निर्णय नगरी सम्पन्न भएको छ। बैठक निर्वाचन मितिभन्दा पनि राज्य पुनःसंरचना आयोगको प्रतिवेदनमा केन्द्रित रहेर निर्णयहरु गरेको छ। स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा बनेको कार्यदललाई एक हप्ताको समय थप गर्ने सरकारले निर्णय गरेको छ। सो कार्यदलले एक हप्ताभित्र पुनःसंरचना आयोगले […]