स्वास्थ्य क्षेत्रका समस्या पत्रकारले पहिचान गर्नुपर्ने

१६ कार्तिक २०७४, बिहीबार १६:१८

रमेश रावल –

कालिकोट – स्वास्थ्य क्षेत्रको अधिकार नागरिकले पाएका छन वा छैनन भन्ने कुरा पत्रकारहरुले महत्वपूर्ण भूमिका रहेको एक कार्यक्रम सहभागीहरुले बताएका छन् । बिहिबार जिल्ला सदरमुकाम मान्ममा प्राथामिक स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण जिल्ला संजालको आयोजना र सादा नेपालको सहयोगमा भएको कार्यक्रममा सहभागीहरुले सो कुरा बताएका हुन् ।

आधारभूत स्वास्थ्य जनताको नैसर्गिक अधिकार भएको, निशुल्क स्वास्थ्य सुबिधा प्रदान गर्नु राज्यको कर्तब्य रहेका कारणले त्यो नागरिक पाएका छन् कि छैनन भनेर पत्रकारले सधै खबदारी गर्नुपर्ने सादा नेपालका अध्यक्ष अशोकनाथ योगीले बताए । ‘आधारभुत स्वास्थ्य सेवा पाउनु नागरिक अधिकार हो ।’ उनले भने,–‘त्यो पाएका छन कि छैनन । त्यो निगरानी गर्नु पत्रकारको कर्तब्य हो ।’

पत्रकारहरुले स्वास्थ्य क्षेत्रका समचारलाई जहिले पनि प्राथामिकता दिने गरेको र आज पनि जनताको स्वास्थ्य क्षेत्रमा उत्तिकै समस्या रहेको पत्रकार महासंघ कालिकोटका पूर्व अध्यक्ष कालीबहादुर मल्लले बताए । ‘पत्रकारहरुले स्वास्थ्य क्षेत्रका समस्यालाई उठान गर्दै आएका छन् ।’ उनले भने,–‘पत्रकारहरुले जहिले पनि पत्रकारका समस्या समधान गर्न लाग्नुपर्छ ।’

कार्यक्रममा प्राथमिक स्वास्थ्य सेवा केन्द्रका चन्द्रदत्त हमालले स्वास्थ्य क्षेत्रले दिने सेवा सुबिधा बिषयमा पत्रकारहरुले सधै आवाज उठाउनु पर्ने बताए । ‘पत्रकारहरुले स्वास्थ्य क्षेत्रका समस्या जहिले पनि उठाउनुपर्छ ।’ उनले भने,–‘पत्रकारहरुले सधै खबदारी गरिरहनुपर्छ ।’

 

Next Post

मन्त्री शाहीको पहलमा राष्ट्रिय बिद्युत प्रसारण लाइन जोडीदै

१६ कार्तिक २०७४, बिहीबार १६:१८
कालिकोट – बिद्युतको राष्टिय प्रसारण लाइन नपुगेको विकट कालिकोटमा बिद्युत केन्द्रीय प्रसारण लाइन पुग्ने भएको छ । तत्कालिन उर्जा मन्त्रि हाल विना विभागिय मन्त्री महेन्द्र वहादुर शाहीको पहलमा कर्णाली क्षेत्रमा उत्पादन हुने बिद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि कैलालीको लम्कीदेखि कालिकोटको रेगिलघाटमा ४०० के.भी प्रसारण लाइनको डिपिआर निर्माण हुन लागेको […]