सडक हस्तान्त्रणपछि रोजगार खोज्दै रास्कोटवासी

१८ माघ २०७४, बिहीबार १३:२५

कालिकोट– रास्कोट नगरपालिका—१ लहरेलाका टेकबहादुर शाही विगत दुई बर्षदेखि सडक निर्माण समुहमा काम गर्थे । शाही दिनको न्युनतम ६ सय रुपैयाँ कमाउथे । दिनको ६ सयका दरले महिनामा १८ हजार कमाइ उनले गर्थे । २ वर्र्ष अघि रास्कोटको सान्नीगाड देखि सिप्खानासम्मको सडक निर्माणमा उनि काम गर्दै आएका हुन् । नेपाल सरकार र बेलायत सरकारको अन्तराष्ट्रिय विकास विभागको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम तेस्रोे रास्कोटमा संचाल भएको थियो । टेकबहादुर जस्तै रास्कोटका २ हजार भन्दा धेरै स्थानीयले मजदुरी गरेर रोजगार पाएका थिए ।

तर, ग्रामिण पुहँच कार्यक्रमले निर्माण कार्य सम्पन्न हुँदा अव रोजगारीबाट टाढाँ भएको शाहीले अनुभुती गरेका छन् । बुधवार उक्त सडक रास्कोट नगरपालिकालाई हस्तान्त्रण समेत गरियो । रास्कोटका करिव २ हजार स्थानीयले मजदुरी गरेर जिविकोपाजर्न गरेका थिए । सडक हस्तान्त्रणसंगै स्थानीयलाई रोजगारी कहाँ पोउँने ? भन्ने ठुलो चुनौती छ । नगरपालिकाबाट काम पाउँने आसा स्थानीयले मारिसकेका छन् । स्थानीवासीले स्थानीय चुनावपछि अव विकास र रोजागर गाउँमा आयो सोचेका थिए । तर, रोजगारको नाममा रास्कोटमा डोजर आतंक भईरहेको छ ।

रास्कोट नगरपालिकाले जनप्रतिनिधि पाएको एक बर्ष वित्नै लाग्दा पनि अहिलेसम्म सडक निर्माण गर्ने डोजर खरिदमै नगर प्रमुख कासीचन्द्र बराल व्यस्त छन् । नगर प्रमुखको डोजर खरिद गर्ने निर्णयमा उप प्रमुख मिमसरा शाहीलगायतका जनप्रतिनिधि सहमत छैनन् । ग्रामिण पहुँच कार्यक्रमले जनशक्ति प्रयोग गरेर निर्माण गरेको सडकको उदाहरण दिदै वडाध्यक्ष नरजंग शाहीले भने, ‘स्थानीयवासीले रोजगार पनि पाएका थिए । विकास पनि भएको थियो । बाँकी रहेका ग्रामिण स्तरमा सडक निर्माण समिति नै बनाएर काम गर्दा राम्रो हुन्थ्यो । तर, नगर प्रमुखले जनतालाई दिने सुविधा डोजरलाई दिने भए ।’ सडक हस्तान्त्रणपछि यहाँका अधिकांस स्थानीय रोजकार विहिन हुने देखिन्छन् । स्थानीयले ग्रामिण पुहँच कार्यक्रममो विदाइ हुँदा निराशा बनेका छन् ।

सान्नीघाट, स्युना —सिप्खाना सडक हस्तान्त्रण

सान्नीघाट— स्युना हुँदै सिप्खानासम्मको सडक निर्माण कार्य पुरा भएपछि हस्तान्त्रण गरिएको छ । अक्टोवर सन् २०१३ बाट निर्माण कार्य सुरु भएको सडक निर्माण सम्पन्न भएपछि रास्कोट नगरपालिकालाई हस्तान्त्रण गरिएको हो । नेपाल सरकार र बेलायत सरकारको अन्तराष्ट्रिय विकास विभागको सहयोगमा, ग्रामीण पहुँच कार्यक्रम तेस्रोले सडक निर्माण गरेका हो । डिसम्बर २०१७ सम्म सान्नीघाट देखि सिप्खानासम्म १८ किलोमिटर सकड निर्माण भएको थियो ।

२२ हजार ८ सय २४ जनसंख्या रहेको रास्कोट नगरपालिकामा सडक सुविधा भएको छ । सडक निर्माण सुरु भएको ४ बर्ष ३ महिनासम्म १४ सय ४० जना स्थानीय सडक निर्माण समुहमा आवद्ध भएर रोजकागारी भएका थिए । ग्रामिण पहुँच कार्यक्रमले ३२ करोड ८१ लाख लागतमा सडक निर्माण गरेको थियो । त्यसमध्येको ३० करोड १२ लाख ८० हजार मजदुरलाई ज्याला भुक्तानी गरेर खर्च भईसकेको जनाइएको छ । ३० करोड १२ लाख ८० हजार मजदुरले पाएका छन् । तत्कालीन जिल्ला विकाससंग समन्वय गरेर संचालित ग्रामीण पहुँचकार्यक्रम तेस्रो चरण राम्नाकोटमा लागु भएको थियो ।

नेपालका सडक संजालबाट बन्चित भएका मध्य र सुदुर पश्चिमका विभिन्न जिल्लाहरुमा श्रममा आधारित, वातावरण मैत्री, सभागितात्मक पद्दतीद्धारा संचालन गरिएको ग्रामिण पहुँच कार्यक्रमका कार्यक्रम अधिकृत सुनीलबाबु श्रेष्ठले बताए । कुनै पनि बिष्फोटक पदार्थत र उपकरणहरुको प्रयोग विनानै अधिकतम स्थानियश्रोत, साधन, र जनशत्तीको प्रयोग गर्दै सडक निर्माण कार्य गरिएको छ । स्थानीय स्तरमा प्रयाप्त मात्रामा रोजगारीको सृजनागर्दै विपन्न तथा पछाडि पारिएका वर्ग तथा समुदायहरुको जीवनस्तरमा महत्वपूर्ण परिवर्तन ल्याउने उद्देश्यले आयोजना लागु भएको हो ।

Next Post

तुलराजको कमाल : नेटवर्कद्धारा बम विष्पोट प्रविधि

१८ माघ २०७४, बिहीबार १३:२५
कालिकोट ,पचालझरना – सुन्दा अच्च लाग्न सक्छ । मोवाईल नेटवर्कबाट बम विष्पोट कसरी ? तर, यस्तो प्रविधि एक जना व्यक्तिले मिसन न्युजसंग सार्वजनिक गरेका छन् । जिल्लाको पचालझरना गाउँपालिका वडा नम्वर ३ निवासी तुलराज कठायतले नेटवर्कबाट बम विष्पोट प्रविधि निर्माण गरेका छन् । उनले एक वर्ष पहिलेदेखि आन्तरिक परिक्षण गरेर सफल भएपछि […]