कर्णाली प्रदेश अस्पतालमा थप पाँच जनाको पीसीआर पोजेटिभ

११ जेष्ठ २०७७, आईतवार १०:२४

पीके शाही – सुर्खेत । कर्णाली प्रदेशमा थप पाँच जनाको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थपा पाँच जनाको रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले बताएको छ ।

सुर्खेत वीरेन्द्रनगरस्थित खुलामञ्चको क्वारेन्टाइनमा बसेका थप पाँच जनाको स्वाब रिपोर्ट जाँच गर्दा पोजेटि आएको छ । बाँके बर्दिया र सुर्खेतको नाका बबईमा शनिवार गरिएको आरडीटी परीक्षणमा पोजेटिभ आएका ११ जना मध्य पाँच जनाका रिपोर्ट पीसीआर गर्दा पोजेटिभ देखिएको हो ।

प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाईको स्वाब पुनःपरीक्षणका लागि नेपालगञ्ज पठाइएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनिहरु पाँच जना भारतबाट आएका तिवारीले बताए । उनीहरुको स्थायी ठेगाना पहिचान गर्न शुरु गरिसकेको बताइएको छ । नेपालंजबाट १२ बजेसम्म पीसीआरको अन्तिम रिपोर्ट आइपुग्ने जनाइएको छ ।

शनिवार भारतबाट आएका तीन जनामा कोरोना पुष्टी भइसकेको छ । यसअघि दैलेख आठविस नगरपालिकाका एक जनामा कोरोना पुष्टी भएको थियो । कर्णालीमा कोरोना संक्रमितको संख्या चार पुगेको छ । संक्रमित सबैको कोरोना विशेष अस्पताल कालागाउँको आइसोलेशनमा उपचार भइरहेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मिले बताएकाछन् ।

प्रदेश विपद व्यवस्थापन समितिले केन्द्रीय विपद व्यवस्थापन समिति र नेपाल सरकारसँग भारतीय सीमा नाकामै परीक्षणको व्यवस्था मिलाउन माग गरेको छ । सिमा नाकामा रिपोर्ट नेगेटिभ आएकालाई मात्र सम्बन्धित जिल्ला र प्रदेशमा पठाउन अनुरोध गर्ने निर्णय भएको प्रदेश विपद् व्यवस्थापन समितिले जनाएको छ ।

कर्णालीमा दिनप्रतिदिन संक्रमण बढिरहेका छन् । कर्णालीमा उपचारको समेत राम्रो प्रबन्ध नभएको नागरिको गुनासो निरन्तर छ । प्रदेशभर रहेका २७ कोरोना विशेष उपचार केन्द्रमा ५ सय ४० आइसोलेसन बेड रहेका अस्पतालले जानकारि दएिको छ । अस्पतालहरुमा १ सय ५१ कोरोना बिशेष बेड, १७ भेन्टिलेटर र ४० आइसीयू बेड रहेका छन् ।

Next Post

‘यहाँ देशकाे छ चिन्ता, वर्षा तिमी साथी साथी भन्छौ’

११ जेष्ठ २०७७, आईतवार १०:२४
काठमाडाैं । सरकारले गत बुधबार दिउँसो लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनैतिक/प्रशासनिक नक्सा औपचारिक रुपमा सार्वजनिक गर्याे । सरकारले सार्वजनिक गरेकाे उक्त नयाँ नक्सालाई सबै नेपालीले स्वागत गरे, सरकारकाे तारिफ गरे । सरकारलाई धन्यवाद पनि दिए । भारतमा कर्मथलाे बनाएकी बलिउड अभिनेत्री मनिषा कोइरालाले पनि नेपालकाे नयाँ नक्साकाे समर्थन गरिन् […]