कालिकोट – जिल्लाको शान्नि त्रिवेणी गाउँपालिका —४ तिकुवा निवासी मोहनविर धामीले गणितिय क्षेत्रमा नयाँ प्रविधि अपनाएका छन् । उनले गणितिय हिसाव किताव गर्दा र तिथि मिति हेर्नु पर्दा उनलाई कुनै पनि उपकरणको आवश्यकता पर्दैन् । हिसाब गर्ने क्यालकुलेटरलाई उनले चुनौति दिएका हुन् । गणित विषयका ऐकिक नियम, साधारण व्याज, बृत्त र क्षेत्रमिति लगायतका हिसाव गर्दा ८० प्रतिशतसम्म दिमाकको प्रविधिले सहजै हिसावको उत्तर पत्ता लगाउने गरेका छन् । उनले नेपाली तथा अंग्रेजी तिथिमिति समेत नहेरेरै पत्ता लगाउँछन् ।
धामीले सयौं बर्ष पछिसम्मको कुन बार र कुन दिन नेपाली र अग्रेजीमा सोझै पत्ता लगाउँछन् । सानै उमेरदेखि गणित विषयमा रुचि र चासो देखाउँदै आएका मोहनविर धामी कक्षा १ देखि १० कक्षासम्म स्थानमा आउने कागरेका थिए । उनि हाल गणित विषयमा स्नताक तेस्रो बर्षमा अध्ययनरत छन् । अध्ययनसंगै धामीले पचालझरना गाउँपालिकाको शिसु कल्याण आधारभुत विध्यालयमा अस्थायी दरबन्दीमा अध्यापन समेत गराइरहेका छन् ।
धामीले भने, ‘इन्टान्स तथा लोकसेवा आयोगमा दिईने गणीत विषयको हिसावहरु सजिलैसंग उत्तर, प्रश्न हेर्दा वित्तीकै पत्ता लगाउँछु । क्यालकुलेटर एउटा निर्जीव बस्तु हो । जसले हिसाव गर्दा कुनै गल्ती या झुटो दिदैन् ।’ उनले भने, ‘किनकी क्यालकुलेटरमा गणितिय प्रविधि मानिसले नै हालेको हुन्छ । त्यस्तै प्रविधि मानिसको दिमागमा राखेमामा क्यालकुलेटरको आवश्यता पर्दैन । क्यालकुलेटर जस्तै दिमाकले इन्पुट गरेर आवटपुट गर्न सक्छ । गणीत बिषय मनमा मात्र अफठ्योरो हो । तर, प्रविधि नै मानिसको दिमाक हो ।’ धामीले जनज्योती मावि तिकुवामा एक देखि ५ कक्षासम्म पढ्दा प्रथम स्थान हासिल गरेका थिए । त्यस्तै कालिका मावि डाँडाखेत कक्षा ६ देखि ७ प्रथम स्थान प्राप्त गरे ।
पंचदेवल मावि मेहलमुडीमा मावि तहमा पनि ऐक्षिक विषय गणित नै लिएर प्रथम भए । बडिमालिका मावि रास्कोटबाट उनले प्रविणतापत्र तह (प्लस टु) गरेका हुन् । हाल जनचेतना बहुमुखी क्याम्पस सान्नी त्रिवेणी मेहलमुडीमा स्नातक तेस्रो बर्षमा अध्ययनरत छन् । धामिले कुनै पनि हिसावको सजिलो र छिटो उत्तर पत्ता लगाउने र क्यालकुलेटर जस्तै हेरके हिसाव छिटो छरितो विधिबाट उत्तर पत्ता लागउछन् ।
पंचदेव मावि मान्मका मावि तहका गणित विषयका शिक्षक सवराज बलमे मोहनविर धामीले गणितिय क्षेत्रमा नयाँ प्रविधि अपनाएको बताए । उनले भने, ‘गणितिय हिसाव गर्दा प्रयोग गरिने उपकरण र तिथिमिति हेर्ने ज्योतिशीलाई चुनौती धामीले दिएका छन् । सानै देखि मैले नै पढाएका धामी गणीत विषयमा कहिलै पछि नपरेरै सफल भएका थिए ।’ गणितिय हिसाव गर्दा ५ पाना भर्ने गणितिय प्रश्नको उत्तर एकछिनमै मुखले भन्ने गरेका धामीको जिल्लामा चर्चा छ ।
दुई बर्ष अघिमात्रै ज्यामितिय गणितका केही सुत्रहरु प्रतिपादन गरी विश्वमै चर्चामा आएका कालिकोटका बसन्त शाही (इस्प्रीं ब्याचुलर शाही) ले पनि दुरी मापन यन्त्रको आविश्कार गरेर चर्चामा आएका थिए । कालिकोट जिल्ला साविकको मान्म गाविस वडा नम्बर ४ का बसन्त शाहीले आविष्कार गरेको यन्त्रको प्रदर्शन गरेका थिए । उनले आविश्कार गरेको दुरीमापन यन्त्र फ्रान्स पुगेर प्रमाणित गरी स्वदेश फर्किएपछि गृह जिल्ला कालिकोटमा यसको प्रदर्शन गरेका थिए ।


