कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटना, ३ जना घाइते

१६ कार्तिक २०७६, शनिबार १७:५१

कालिकोट-कर्णाली राजमार्गको कालिकोट सडकखण्डको शुभकालिका गाउँपालिका–१ को दैखोलामा भे १ ख २४०६ नम्बरको फोर्स गाडी दुर्घटना हुदाँ ३ जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेत आउँदै गरेको देउती यातायातको गाडी ब्रेक फेल भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि ३ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । गाडीमा ३२ जना सवार रहेको घटनास्थलबाट कालिकोटका शिक्षक टोपबहादुर शाहीले बताए । क्षमताभन्दा बढी यात्रु भएका कारणले दुर्घटना भएको देखिन्छ शिक्षक शाहीले बताएका छन् ।

शनिबार दिउसो ३ः४० बजे दुर्घटना भएको र क्षमताभन्दा बढी यात्रु बोकेका कारणले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । घटनाको आधिकारिक जानकारी आउँन वाँकी रहेको प्रहरी नायव निरिक्षक श्यामवावु ओलियले बताए ।

Next Post

नेकपा सचिवालय बैठक सुरु, प्रदेश प्रमुखबारे छलफल

१६ कार्तिक २०७६, शनिबार १७:५१
काठमाडौं – प्रदेश प्रमुखहरुको नियुक्तिका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले सातवटै प्रदेशका प्रमुखहरुको नियुक्तिबारे सरकारलाई सिफारिस गर्ने छ । प्रदेश प्रमुखहरुको नियुक्ति र बर्खास्तगी सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ । कांग्रेस सभापति शेरबहादुर देउवाको पालामा नियुक्त भएका सातै प्रदेशका […]