रैथाने बाली संरक्षणका लागि अभियान

१५ फाल्गुन २०७३, आईतवार १२:४२

दिलिपकुमार शाही
कालिकाेट : जिल्लामा रैथाने बाली संरक्षणकालागि संगठितअभियानथालिएको छ । कर्णाली कृषितथाखाद्य सरोकार समुहकालिकोटको प्रथम जिल्ला अधिवेशन सम्पन्न गरी जिल्लामा परम्परागत कर्णालीको रैथाने बाली संरक्षण अभियान थालिएको हो । ०६८ सालदेखी कर्णालीको कृषि क्षेत्रको वकालतगर्दै आएको कर्णाली कृषि तथा खाद्य सरोकार समुहको पहिलो अधिवेशनबाट पुनकालीबहादुर मल्लको संयोजकत्वमा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । कार्यक्रम माकर्णाली कृषि तथा खाद्य सरोकार समुहका नव निर्बाचित संयोजक मल्लले कर्णालीको बिशेषताअनुसारको कृषि प्रविधिको विकास र कर्णाली अञ्चललाई नै अर्गानीक जोन बनाउन आवश्यक रहेको बताए । उनले यहाँका रैथाने बालीहरुको व्यवसायीकरणका लागि युवा कृषिउद्यमीहरुले जुट्नु पर्ने बताए ।

बर्षेनी खडेरीको मार खेपी रहेको कालिकोट जिल्लामा पुख्र्यौली बालीहरु लोभ हुन थालेपछि कालिकोटका कृषक तथा कृषि सरोकारवालाहरु संगठित भएर रैथाने बाली संरक्षण अभियान थालिएको कर्णाली कृषि तथा खाद्य सरोकार समुहका क्षेत्रीय संयोजक मायालाल महताराले बताए । उनले स्थानिय कृषक, जिल्ला कृषि विकास कार्यालय, पत्रकार, नागरिक समाजहरुको सहभागीतामा कर्णाली कृषि तथा खाद्य सरोकार समुुहलगायतको पहलमा कालिकोटमा परम्परागत बाली फापर, चिनो कागुनो, सिमी, कोदो, उवा, मार्से लगायतका बालीहरुको संरक्षणका लागि अभियान थालिएको बताए ।

कर्णाली कृषि तथा खाद्य सरोकार समुह कालिकोटका संयोजक कालीबहादुर मल्लको अध्यक्षता तथा नेपाल तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजंग शाहीको प्रमूख आतिथ्यतामा भएको कर्णाली कृषि तथा खाद्य सरोकार समुह कालिकोटको प्रथम जिल्ला अधिवेशनमा कृषकहरुले रैथाने बाली संरक्षण अभियानलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने बताएकाछन् । कार्यक्रममा प्रमूख अतिथि तरुण महासचिव भुपेन्द्रजंग शाहीले कर्णालीको सम्बृद्ध र पहिचानसँग जोडिएको कर्णालीमा उत्पादनहुने परम्परागत बालीहरुको संरक्षण सम्बद्र्धनका साथै प्रचारको आवश्यकता रहेको बताए । फापर, चिनाे, कोदो, उवा, कालीमार्सी धान, स्याउ, सिमी, ओखर र आरु कर्णालीको सान । भन्ने नाराका साथ आयोजित कार्यक्रममा उनले कर्णालीका रैथाने् बाली फापर, चिनो कागुनो, सिमी, कोदो, उवा, मार्से लगायतका बालीहरुको उपयोगीताको बारेमाप्रचार प्रसारको खाँचो रहेको बताए ।

Next Post

निर्वाचन अधिकृतलाई कालो मुसो दले पछि

१५ फाल्गुन २०७३, आईतवार १२:४२
कालिकोट : नन्दादेवि बहुमुखी क्याम्पस कोटवाडाका स्ववियु निर्वाचन अधिकृत रत्नसिंह साउथलाई कालो मुसो दलिएको छ । यहि फागुन १८ गते हुने स्ववियु निर्वाचन १६ गते नै घोषणा गरेरकाे अाराेपमा सदरमुकाम फर्किएकाले नेपाल विद्यार्थी संघ र अनेरास्ववीयु कालिकोटले साउथलाई कालो मुसो दलेका हुन । नन्दा देवि बहुमुखी क्याम्पसमा तिन वटा विद्यार्थी […]