सान्नी त्रिवेणीमा पहिलो पटक माटो परिक्षण शिविर

१४ फाल्गुन २०७४, सोमबार १८:०३

कालिकोट- जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा पहिलो पटक माटो परिक्षण शिवीर संचालन गरिएको छ । किसानको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाले माटो परिक्षण शिविर संचालन गरेको हो । सोमवार सुरु गरिएको माटो परिक्षण शिविरमा ५६० वटा नमुना माटो परिक्षण गरिएको कृषि शाखा प्रमुख पशुराम काफ्लेले बताए ।

अधिकांस नमुना माटोमा खाद्य तत्व भेटिएको शाखा प्रमुख काफ्लेले बताएका छन् । माटो परिक्षण शिविरले किसानलाई राहत पुग्ने गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाही (डिवि) ले बताए । माटो परिक्षणपछि विभिन्न जातको अन्न उत्पादन, फलफुलका विरुवा रोप्ने र तरकारी खेति गर्न किसानलाई सहज हुने अध्यक्ष शाहीले बताए ।

माटो परिक्षण गराउन गाउँपालिकाको कार्यालयमा साविकका, मुम्रा, रुकु र मेहलमुडी गाविसका सयौं किसान सहभागी भएका छन् । क्षेत्रिय माटो परिक्षण प्रयोगशाला नेपालगंजको प्राविधिक सहयोग र सान्नी त्रिवेणी गाउँपालिकाको आयोजनामा शिविर संचालन गरिएको हो । उक्त शिविर सोमवार देखि वुधबारसम्म संचालन गरिने आयोजकले बताएको छ ।

पहिलो पटक गाउँपालिकाले किसानलाई राहत पुग्ने काम गरेको स्थानीय कृषक नवराज शाहीले बताए । माटो परिक्षण पहिलो पटक गाउँपालिकामा गराएर कृषि विज्ञको सलाह अनुसार खेतवारीमा काम गर्ने अर्का कृषक अनिपाल देवकोटाले बताए । माटो परिक्षण गर्न क्षेत्रिय माटो परिक्षण प्रयोगशाला नेपालगंजका माटो विषशेज्ञ देवबहादुर केसी सहभागी भएका छन् । कुन माटो खाद्य तत्व छ कुन छैन् यर्थात रुपमा परिक्षण गरेर पत्ता लागाउने गरिएको छ ।

शिविरमा माटो चाँज गर्दा अधिकांस कृषी योग्य माटो भएको माटो विज्ञले जनाएका छन् । माटो परिक्षण गर्दा केहि सामान्य मात्रामा माटोमा पोटास र फसफोरस देखिएको शाखा प्रमुख पशुराम काफ्लेले बताए ।

Next Post

संस्थानको चामलमा दलालको रजाईं

१४ फाल्गुन २०७४, सोमबार १८:०३
पिके शाही- कालिकोट– पचालझरना गाउँपालिका —२ सिकुका जौन विक चामल लिन जारकोट पुगे। उनले ३० किलोको एक प्याक चामल किनेर घर फर्किने सुरमा थिए। उनले किनेको बंगालादेशी उसिना मोटो चामल हो। विकले किनेको चामलको प्याकलाई ९०० रुपैयाँ पर्छ। चामल प्याक गर्ने खाली बोराको मुल्य २० गरी ९२० रुपैयाँ हिसावमा आउँछ। […]