दैलेख । आठविस नगरपालिका — ६ का वडा अध्यक्ष धीरबहादुर शाहीले शुक्रवार पदभार ग्रहण गरेका छन् । शाहीले बयबृद्ध ८२ बर्षिय रामबहादुर शाहीलाई बृद्धभत्ता वितरण गरेर पदभार ग्रहण गरेका हुन् ।
साविकको सिहाँसैन गाविसको सिहाँसैनमा वडा कार्यालयमा सेवाग्राहीलाई सेवा दिएर पभार ग्रहण शाहीले गरेका धनमाया शाहीले जानकारी जदिइन् । साविकको सिहाँसैनमा रहेका वडा नम्बर ५, ६, ७, ८ र ९ को भुगोल र जनसंख्या समेटिने गरि आठविस नगरपालिका—६ बनेको थियो ।
गत बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा शाही नेपाली कांग्रेसबाट अध्यक्षमा निर्वाचित भएका हुन् । अबका दिनदेखि जनताका काम पादर्शी, इमान्दारी र शुसासनयुक्त ढंगले गर्ने शाहीले प्रतिबद्धता समेत गरे ।