पवित्रकुमार शाही –
कालिकोट/ खाँडाचक्र नगरपालिमा कार्यरत कार्यकारी अधिकृत कासीप्रसाद पंगेनीलाई कार्यालयको काममा भ्याइ —नभ्याइ छ । पंगेनीलाई विहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म अफिसको कामले छुटकरा दिदैन् । २२ जना कर्मचारीको दरबन्दी भए पनि उनि एक्लैले नगरपालिकाको काम जेनतेन धानेका छन् । स्थानीय चुनवाव सकिएको ६ महिनादेखि नगरपालिकामा कर्मचारी विहिन अवस्थामा छन् । ११ वटा वडा भएको खाँडाचक्र नगरपालिकामा २२ जना कर्मचारी छैनन् ।
११ वटा वडामा ११ जना खरिदार तहका ११ वडा सचिव र ११ जना लेखा साहायकको दरबन्दी हो । तर, वडाको सिफारिसदेखि कार्यकारीसम्मको काम एकजनाले धान्नु परेको छ । नगरपालिका कार्यकारी अधिकृत कासीप्रसाद पंगेनीले भने, ‘कर्मचारी अभावले पंजीकरण देखि कार्यालयमा भएको सबै काम एक्लै धान्नु पर्ने बाध्यता छ ।
२२ जनाको काम एक्लैले गर्न मुस्कील भएपछि जिल्ला प्रशासन कार्यालयबाट एकजना खरिदार बोलाएर काम गरेको छु ।’ पंगेनीले भने, ‘जिल्ला समन्वय समितीले भएका कर्मचारीलाई सरुवाको सिफारिस दिएकोले यस्ता समस्या भएको हो ।’ वैकल्पीक व्यवस्था नगरेरै धमाधम कर्मचारी सरुवा भएपछि नगरपालिकाको विकासेकाम ठप्प भएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्न आफ्नो नाममा पेश्की निकालेर वडाध्यक्षलाई गाउँमा वितरण गरेको कार्यकारी अधिकृत पंगेनीले सुनाए ।
नगद दिन नमिल्ले प्रव्धान भए पनि बाध्यताले जोखिम मलेर वडाध्यक्षलाई नगद वितरण गर्न दिनु परेको उनले बताए । ११ वडा वडामा झन्डै १ करोड ५० लाख पहिलो चौमासि सामाजिक सुरक्षा भत्ता वितरण गरिएको पंगेनीले सुनाए । पंगेनीले भने, ‘कार्यालयमा भएका दुई जना कर्मचारीलाई मन्त्रालयतिर भर्खरै सरुवा गर्दा झनै गाह्रो भयो ।’
स्थानीय चुनाव सकिए लगतै कर्मचारीले धमाधम सरुवा मागेर जिल्ला बाहिर गएपछि जिल्लाका सबै जसो स्थानीय तहमा कर्मचरी छैनन् । जिल्लामा ३ वटा नगरपालिका ६ वटा गाउँपालिका छन् । हाल सवै स्थानीय तहमा कार्यकारी एक जना लेखा बाहेकका कर्मचारी छैनन् । सदरमुकाममा रहेको खाँडाचक्र नगरपालिकामा त यस्तो हालत छ भने, विकट दुरदराजका गाउँपालिकामा अझै संकट भएको छ ।
नौ वटै स्थानीय तहमा कर्मचारी अभाव
कर्मचारी विहिन भएको खाँचक्र नगरपालिका त एक प्रतिनिधि मुलक उदाहरण मात्र हो । ९ वटै स्थानीइ तहमा कर्मचारी नहँदा स्थानीय सेवाग्राही र जनप्रतिनिधिलाई समस्या उत्पन्न भएको छ । खाँडाचक्र नगरपालिका मेयर जसीप्रसाद पाण्डेले भने, ‘स्थानीय चुनाव सकिएपछि कर्मचारीले सरुवा मागेर जिल्ला वाहिर गएका हुन् ।
पुुनः प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव घोषणा भएपछि कर्मचारी व्यवस्थापनमा समस्या आएको छ । अव चुनाव सकिए लगतै कर्मचारीको व्यवस्थापन हुन्छन । अहिलेसम्म विकासका काम सुचारु भएका छैनन् ।’ जिल्लाको दुर्गम पलाँता गाउँपालिकामा एक जना कार्यरी अधिकृत र एक जना वडा सचिव बाहेकका कर्मचारी छैनन् । ८ वटा वडा भएको गाउँपालिकामा भौगोलिक विकतासंगै कर्मचारीको निकै अभाव छ ।
गाउँपालिका कार्यकारी अधिकृत लेखबहादुर क्षेत्रीले भने, ‘कर्मचारी नभएर निकै समस्या भएको छ ।
कर्मचारी नभएर सानो ठुलो काम गर्न आफुलाई हम्मे —हम्मे भएको छ ।’ खाँडाचक्र नगरपालिकामा कार्यकारीलाई सघाउन जिल्ला प्रशासनबाट खरिदार रामबहादुर परियार आएका छन् । प्रशासनमा आजभोली काम भए पनि नगरपालिकामा कामको चाप भएकाले नगरपालिकाको अनुरोधमा आफुलाई खटाएको खरिदार परियारले बताए ।


