प्रचण्डपुत्र प्रकाश दाहालकाे हृदयघातले निधन

३ मंसिर २०७४, आईतवार ०८:५८

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधन भएको छ ।

गम्भिर बिरामी भएर अस्पताल भर्ना भएका दाहालको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । तर, अस्पतालले भने औपचारिक जानकारी दिएको छैन ।

आज बिहान ५ बजेर ३८ मिनेट जाँदा उनलाई हृदयघात भएपछि उनलाई बिहान ६ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो।

वाइसीएलका अध्यक्ष दीपशीखाले दिएको जानकारी अनुसार प्रचण्ड बिराटनगरबाट काठमाडौँ आउँछन् भने पत्नी बिना मगर कञ्चनपुरबाट काठमाडौँ आउँदैछिन् ।

यति बेला अस्पतालमा सञ्चारकर्मी तथा सुरक्षाकर्मीको बाक्लो भीड रहेको छ ।

अस्पतालले केही बेरमा पत्रकार सम्मेलन गर्नेछ ।

दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

सधैं प्रचण्डसँगै जाने गरेका उनी झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं आएका थिए । उनी काठमाडौंमा आमासँग बसेका थिए ।

Next Post

कालिकोटमा ६८ मतदानस्थल अति संवेदनशील

३ मंसिर २०७४, आईतवार ०८:५८
विश्वनाथ सिम्खाडा- कालिकोट/ मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभाका लागि जिल्लामा उच्च सुरक्षा निगरानीको तयारी गरिएको छ । कालिकोट सुरक्षाका दृष्टिले अति सम्वेदनसिल भएकाले सुरक्षा क्षेत्रमा पनि विशेष व्यबस्थापन गरिएको हो । प्रतिनिभिसभाको लागि १ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि क र ख गरी दुई निर्वाचन क्षेत्र छन् । साविकको […]