विप्लव समुहद्वारा मुख्यमन्त्रीलाई लक्षित गरी कालिकोटमा फेरि बम विस्फोट

३० श्रावण २०७६, बिहीबार १२:५७

कालिकोट – प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहका कार्यकर्ताले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी आज पनि बम विस्फोट गरेको छन् । कालिकोटको रास्कोटमा दुई वटा वम विस्फोट गरेका छन् ।

मुख्यमन्त्री शाहीको गृहस्थान नानीकोट कोटिलागाँउबाट रास्कोटको एक कार्यक्रमको उद्घाटन गर्न हिँडेका शाहीलाई लक्षित गरी रास्कोटको कृर्षि जेटिय कलेज नजिकै वम विस्फोट गराएका हुन् । कार्यक्रम भन्दा बाहिरको स्थानमा बम विस्फोट भएको डिएसपी विनोद शर्माले जानकारी दिएका छन् ।

मुख्यमन्त्री शाहीलाई लक्षित गरी विप्लव समुहका कार्यकर्ताले दिन दिनै वम विस्फोट गदै आएका छन् । हिजो मात्र पचाल झरना गाउँपालिकाको एक कार्यक्रममा सम्धबोनको बेला दुई वटा वम विस्फोट गराएका थिए । यो भन्दा पहिला बम विस्फोट गरिएको थियो । सुरक्षा मजबुत रहेपनि विप्लव समुहले वम विस्फोट गरिरहेका छन् । वम विस्फोटमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Next Post

दुरसञ्चारमा भुमिगत शैलीको आन्दोलन

३० श्रावण २०७६, बिहीबार १२:५७
सुर्खेत – नेपाल दुरसञ्चार कार्यालय सुर्खेतका कर्मचारीले भुमिगत शैलीमा आन्दोलन गरेका छन् । कर्मचारीले आन्दोलन गरिरहेको दुइ दिनपछि थाहा भएको छ । तिन दिनसम्म टेलिकममा आउने सेवाग्राहीले सेवा नपाएपछि वास्विकता बाहिर आएको हो । कर्मचारी आन्दोलनमा उत्रिएको खबर भने कसैलाई थाहा छैन् । तिन दिनसम्म सेवा बन्द भएको कार्यालय प्रमुखलाई […]