कर्णालीमा महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु

९ मंसिर २०७६, सोमबार १८:०६

लिलाराज संज्याल

सुर्खेत – कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा महिंला हिंसा सम्वन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । महिलामाथि हुने हिंसा तथा दुरव्यावहार रोक्ने उद्देश्यले सरोकाररवालाविच अन्तरक्रिया कार्यक्रम गरिएको हो । कर्णालीमा महिलामाथि हुने हिंसा वढ्दो देखिएककाले यसका अन्त्य गर्ने सवैले जाग्नुपर्ने सहभागीले बताए । हिंसा न्यूनिकरण रोक्नको लागि महिला, राजनितिक दल, सुरक्षाकर्मिलगाएत अन्य निकायको महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने सहभागी महिला अधिकारकर्मी पवित्रा शाहीले बताइन् ।

‘समानताका पुस्ता, बलात्कार विरुद्धको ऐक्ववद्धता’ भन्ने नाराका साथ सुरु भएको अभियान आगामी २४ मंसीरसम्म संचालन हुनेछ । अभियानका क्रममा विभिन्न सचेतनामूलक कार्यक्रम संचालन गरिने भएको छ । अभियान अन्तरर्गत महिला हिंसाविरुद्ध भइरहेका प्रयासका विषयमा सम्बन्धित सरोकारवालासँग छलफल, हिंसा रोक्न अपनाउने रणनीति, पिडितलाई समयमै न्याय र पिडकलाई कारबाही गर्न ध्यानाकर्षण गराउने, लैंगिक हिंसाविरुद्ध एवं महिला अधिकारको निम्ति सचेतनामूलक कार्यक्रम, जागरण अभियान, छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन हुने भएका छन् ।

कर्णालीमा लैगिक हिंसा तथा वालवालिकाको अवस्थाका घटनाहरु न्युनीकरण नभएकाले हरेक वर्षको नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० सम्म महिला हिंसाविरुद्ध १६ दिने अभियान संचालन गर्दै आइएको छ । पछिल्लो एक तथ्याङ्क अनुसार विश्वका ७० प्रतिशत महिला कुनै न कुनै रुपमा हिंसामा पर्ने गरेका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्धारा आयोजित कार्यक्रम आवाज संस्थाले सहकार्य गरेको थियो ।

Next Post

2076-08-11

९ मंसिर २०७६, सोमबार १८:०६