पत्रकारलाइ धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको गम्भीर ध्यानाकर्षण

२८ बैशाख २०७५, शुक्रबार ०९:०९

कालिकोट– नेपाल पत्रकार महास‌घ कर्णाली प्रदेश समितिले पत्रकार पवित्रकुमार शाहीलाई समाचार लेखेकै आधारमा भाैतिक आक्रमण गर्ने धम्की दिएको घटनाप्रति बिज्ञप्ती निकाल्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति का सचिव समेत रहनु भएका शाही  नागरिक दैनिक कालीकोटका सम्वाददता तथा मिसन न्युज साप्ताहिकका सम्पादक हुनुहुन्छ ।

कर्णाली प्रदेश समितिका  महासचिव दिपेन्द्र शर्माकाे हस्ताक्षर भएकाे  बिज्ञप्तीमा भनिएकाे छ ।

मिति : २०७५।०१।२८ विज्ञप्ती नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति का सचिव तथा नागरिक दैनिक कालीकोटका सम्वाददता, मिसन न्युज साप्ताहिकका सम्पादक पवित्रकुमार शाहीलाई प्रकाशित समाचारको विषयलाई लिएर कालीकोट जिल्लाको रास्कोट नगरपालीका वडा नं. १ का वडा अध्यक्ष नवराज संज्याल र वडा नं. २ का वडा अध्यक्ष दयाराम सिंखडाले फोन गरी भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ । सचिव शाहीका अनुसार २०७५ बैशाख २४ गते नागरिक दैनिकमा प्रकाशित ‘वडा अध्यक्ष प्रहरीको फन्दामा ’ शीर्षक समाचारको विषयलाई लिएर वडा अध्यक्षद्धय संज्याल र सिंखडा ९८४८३२९८९८ र ९८४८३११६३५ नम्बरबाट फोन गरी सचिव शाहीलाई ज्यान मार्ने भनी धम्क्याएका थिए । प्रकाशित/प्रसारित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर अपनाउनु पर्ने कानुनी उपचारका बाटोलाई छाडेर पत्रकारलाई ज्यान मार्ने धम्की दिएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतमाथिको हस्तक्षेप हो । पत्रकार महासंघ कर्णाली प्रदेश प्रेस स्वतन्त्रताविरोधी यस किसिमका घटनाको घोर भत्र्सना गर्दछ । र, धम्की दिने संज्याल र सिंखडा माथि तत्काल कानुनी कारबाही गरी पत्रकारलाई निर्वाध र सुरक्षित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

Next Post

एक अर्ब सहयाेगकाे घाेषणा गर्दै माेदीले भने, 'नेपालीकाे स्वाभिमान सगरमाथाभन्दा अग्लाे

२८ बैशाख २०७५, शुक्रबार ०९:०९
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमण प्रधान तीर्थयात्रीको रुपमा भएको बताएका छन् । उनले जनपुरस्थित १२ विघामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै भने, ‘मेरो यसपटकको भ्रमण प्रधानमन्त्रीको हैसियतभन्दा पनि प्रधान तीर्थयात्रीको रुपमा हुँदैछ ।’ उनले सम्बोधनको सुरुवातमै अघिल्लो पटक जनकपुर आउन नपाएको क्षमा मागे । उनले ढिलै […]