सर्वोच्चले लोकसेवालाई सोध्यो : कर्मचारी भर्ना किन रद्द नगर्ने ?

२९ जेष्ठ २०७६, बुधबार १९:१६

काठमाडौं – सर्वोच्च अदालतले स्थानीय तहमा कर्मचारी भर्नाका लागि खोलिएको विज्ञापन किन रद्द नगर्ने भनेर लोक सेवा आयोगलाई सोधेको छ । रिट निवेदकले अन्तरिम आदेश माग गरेकाले यसबारे छलफल गर्न दुबै पक्षलाई ३ गते बोलाएको छ ।

लोकसेवाले विभिन्न स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै १५ जेठमा विज्ञापन खुलाएको थियो । तर समावेशी नभएको भन्दै विरोध भयो । संसदको राज्य व्यवस्था समितिले पनि संविधान र स्थानीय तह संचालन ऐनको मर्म अनुसार नभएको भन्दै विज्ञापन रद्द गर्न निर्देशन दिएको छ ।

आयोगको विज्ञापन रद्द गर्न माग गर्दै अधिवक्ता विकास ठाकुर सर्वोच्च गएका थिए । बुधबार न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले निवेदकको मागअनुसार आदेश किन जारी हुनु नपर्ने हो श्र आधार र कारणसहित १५ दिनभित्र जवाफ दिन लोकसेवा आयोगलाई निर्देशन दिएको छ ।

तर निवेदकले माग गरेअनुसार विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेन । विषयबस्तुको संवेदनशीलता हेर्दा दुबै पक्षसँग छलफल गरेर निष्कर्षमा पुग्नु उपयुक्त हुने भन्दै इजलासले असार ३ गते दुबै पक्षलाई झिकाउन आदेश दिएको छ ।

Next Post

नेकपा निकट ठेकेदारको प्रस्ताव– निर्माण कम्पनी पनि मर्ज गरौं

२९ जेष्ठ २०७६, बुधबार १९:१६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट निर्माण व्यवसायीहरुको संस्था नेपाल निर्माण व्यवसायी संगठनले निर्माण कम्पनी मर्ज गर्न प्रस्ताव अघि सारेको छ  ।शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संगठनले सरकारसँग मर्जरसम्बन्धी नीति निर्माण गर्न माग गरेको हो । संगठनका संयोजक यज्ञध्वज कार्कीले निर्माण कम्पनीहरु मर्ज भएर संख्या थोरै भए व्यवसायी र […]