प्रधानमन्त्री ओलीद्धारा मन्त्रिमण्डल विस्तार, २२ मन्त्री र तीन राज्यमन्त्री

मिसन न्यूज ३१ बैशाख २०७८, शुक्रबार १९:०९

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिमण्डलमा सबै यसअघिकै सरकारका सदस्यहरु रहेकाछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिम बिहीबार नियुक्त प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूले सम्हालेका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीको जिम्मा भएको छ । विस्तारित मन्त्रिपरिषद्मा २२ मन्त्री र तीन राज्यमन्त्री छन् । नियुक्तमध्ये २० मन्त्री र दुई राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिए ।

Next Post

कोरोना कहर : कर्णाली प्रदेश सरकार बेखवर, अक्सिजन अभावमा बिरामी भर्ना बन्द

३१ बैशाख २०७८, शुक्रबार १९:०९
सुर्खेत– कोरोना महामारीको बेला कर्णाली प्रदेश सरकार बेखबर बनेको छ । अस्पतालमा अक्सिजनको चरम अभाव भएता पनि सरकार मौन रहेको छ । सरकारको चरम लापरबाहिले कर्णालीमा कोरोनाको भयावह अवस्था आइरहेको छ । सरकारसँग करोडौं बजेट थन्किएको छ । विकास निर्माणमा खर्च गर्न नसकेको बजेट फालाफाल भएता पनि नागरिको ज्यान जोगाउनमा […]