‘अब भारत जान्न’, तरकारीका धनी धनिराम

१९ जेष्ठ २०७४, शुक्रबार १६:१२

कालिकोट : चारैतिर फलफुलका रुखले घरेरिएको घर । घरवरिपरी हरियाली तरकारी झुलेको सुन्दर दृश्य । झट्ट हेर्दा प्राकृतिक बनाउवट जस्तै सौन्दर्यताले भरिएको ठाउँ । तर एक किसानको पाखुराले गरेको तरकारी खेतीको हरियाली दृश्य हो । रास्कोट नगरपालिका — १ बुडिशैनका धनिराम चौलागाईले आफ्नो घर वरिपरिको वातावरण नै तरकारीले हरियाली बनाएका छन् ।

४ वर्ष अघि उनि भारतमा मज्दुरी गरेर घरपरिवारको जिविकोपार्जन गर्थे । तर भारतको दुःखको झमेला छोडेर आजकाल आफ्नै घरको बारीमा तरकारीसंग रमाउँछन् । उनले सिजन अनुसारको मौसमी तथा व्यमौसमी तरकारी खेती गरेर घरखर्च चलाएका छन् । चौलागाईले तरकारी खेतीको आम्दानीबाट ९ जना घरपरिवारको जिविकोपार्जन गरेका छन् ।

उनले १ छोरा २ छोरी र दुई भाईलाई तरकारी खेतीको आम्दानीबाटै विद्यालय पढाईरहेका छन् । धनिरामका वुवा—आमा र श्रीमती पनि तरकारी खेतीको काममा सगाउछन् । धनिराम भन्छन् , ‘भारतमा ४ वर्षसम्म मज्दुरी काम गरे । पटक—पटक आउने र जाने गर्दै बेकारमा समय बर्वाद भयो । घरमै वसेर आफ्नै खेतवारीमा तरकारी खेती गर्दा अहिले भारतको दुःखको साटो सुख बदल्दै छु ।’ उनले भने, भारतको मज्दुरी भन्दा अहिले दोव्बर कमाई घरकै आगनमा कमाएको छु । गाउँघरमा स्थानीयले तरकारीको सेवा पनि पाएका छन् । मैले राम्रै कमाई गरेको छु ।

परिश्रमको फल पाएकै छु ।’ उनले भने, ‘ सेवा गरे मेवा मिल्छ भन्ने गरिन्छ । वास्तविक साँचो रहेछ । मैले गरेको पशिनाको लगानीमा आम्दानी भईरेहको छ । तरकारी खेतीबाटै सन्तुष्ट छु ।’ धनिरामको गाउँमा सडकसंगै गाडी पुगेको दुई महिना भयो । घरको आगनमा सरर गाडि गुड्दा उनको मनमा झनै तरकारी खेती गर्ने जागर छ । सडक संजालले गाउँ नछुदा अत्यान्तै चिन्तित बनेका उनि आजभोली भने खुसी छन् । उनको घर नजिकैको सडकबाट यात्रुहरु तरकारी र फलफुलको दृश्य नियालेर जान्छन् । धनिरामले घर नजिकैको सेराचौर बजार र आरसीपी बजारसम्म तरकारी पुगाउँछन् ।

विषाधी प्रयोग नगरेका स्थानीय अर्गानिक तरकारी खान पाउँदा यहाँका स्थानीय उपभोक्ता पनि खुसी छन् । रास्कोट नगरपालिका — पुर्णबहादुर शाही भन्छन् ‘मेरो होटलमा प्रायः धनिरामकै तरकारी आउँछ । तरकारी पनि अर्गानिक छ । ग्राहक पनि सन्तुष्ट छन् ।’ सडक संजालले गाउँ छोएपछि धनिराम जस्तै धेरै जसो किसानले व्यवसायिक तरकारी खेती सुरु गरेका छन् । धनिरामको खेतवारीमा बन्दा, आलु, काउली, गोल्भेडा, कांग्रा, टमाटर, फर्सि, केराउँलगायतका तरकारी भरिभराउ छ । साथै आरु, केरा,अनार, ओखर, पुलम, नाँस्पतीलगायतका फलफल पनि घर वरिपरी छन् । उनले तरकारी खेतीबाट मार्षिक २० हजार आम्दानी गर्ने गरेका छन् ।

पाउनालाई कोशेली तरकारी

स्थानीय प्रेमराज सिम्खाडा भन्छन् ‘धनिराम दाईले तरकारी र फलफुल खेतीको धेरै अनुभव हाँसिल गरेर व्यवसायिक रुपमा कृषि पेशामा आकषिर्त छन् । यस्तै पेशा अंगाल्ने हो भने बेराजगारी युवा रोजगारी हुन्छन् । अर्काको मुख ताक्नु पर्दैन् ।’ चौलागाईले घरमा आउने पाउँना र आफन्तलाई कोशेली स्वरुप तरकाररी दिने गरेका छन् । उनको ३० प्रतिशत कमाई कोशेली स्वरुप निशुल्क वितरण गर्ने गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत सुनिलकुमार सिंहका अनुसार रास्कोटमा गएर आफैले किसानले गरेका कामको अनगुमन र अवलोकल गरेको छ । रास्कोटको सिप्खानाका क्रियासिल कृषकहरुले उत्साहजनक रुपमा तरकारी खेति गरेका छन् । तर तरकारी खेती किसानले गरे पनि तरकारी किनबेच गर्न बानी अलि कम भएकाले अव सडक पुगीसकेकाली तरकारी बजारसम्म पुगाउँनु पर्छ । सिंहले भने, जिल्ला कृषि विकास कार्यालयबाट हुने सहयोग किसानको माग अनुसार नै भईरहेको छ । रास्कोटका कृषकहरुलाई तरकारी खेती गर्न प्लाष्टिक पोखरी बनाउँदै छौ ।’ उनले थपे, ‘किसानले घरमा आउने पाउँनालाई कोशली स्वरुप तरकारी दिने गरेका छन् । किसानले व्यवसायीक रुपमा काम गर्न मनदेखि नै लाग्नु पर्छ ।

कार्यालयबाट हुने सहयोगमा कमि हुँदैन ।’ धनिराम चौलागाई कालाशिल्ला कृर्षक समुहका अध्यक्ष पनि हुन् । धनिराम जस्तै धेरै किसानहरु तरकारी खेतीमा व्यस्त छन् । रास्कोट — १ का कविराज न्यौंपाने, परि न्यौंपानेलगायतका कृषकहरु पनि तरकारी खेतीमा सक्रिय छन् ।

गाउँमा महिला कृषक समूहले समेत व्यवसायिक कृषिको लहर ल्याएका छन् । यसबाट गाउँघरमै स्वरोजगारको सिर्जना भइरहेको छ । कृषि प्रधान मुलुक पनि तरकारी र फलफूलमाथि समेत आयात गर्नुपर्ने विडम्बनापूर्ण बाध्यता कम हुँदै गइरहेको छ । साथै, थोरै भए पनि स्वदेशी मुद्रा विदेशिनबाट रोकिएको छ कृषि विज्ञ बताउँछन् । परम्परागत रुपमा भएको खेतीलाई अव आधुनिक तर्फ पनि सुरुवात भईरहेको कृषि कार्यालयले जनाएको छ ।

Next Post

विद्यालयदेखि नगरसम्म, सभापतिदेखि अध्यक्षसम्म

१९ जेष्ठ २०७४, शुक्रबार १६:१२
दैलेख: शिरमा ढाकाको टोपी । आखाँमा चस्मा । सुईटर र कोटमा चट्ट सजिएका । भरलाग्दा र आशलाग्दा नेता । उनि हुन् दैलेख आठविस नगरपालिका—६ नम्बर वडामा निर्वाचि अध्यक्ष धीरबहादुर शाही । शाही निकटतम प्रतिद्न्दी नेकपा एमालेका उम्मेद्वारलाई पछिपार्दै नेपाली कांग्रेसबाट विजयी भए । स्थानीय तहको निर्वाचन नभएको दुई दशकसम्म निर्वाचनको […]