कालिकोट— नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिरमा हुने चुनावमा चितवनबाट चुनाव लड्ने बताएका छन् । आईतवार कालिकोट पुगेका दाहालले २०६४ को संविधान सभाको चुनावमा रोल्पाबाट र २०७० को चुनावमा सिराहावाट चुनाव जितेर दुई पटक देशको प्रधानमन्त्री बनेको बताए ।
कालिकोटबाट चुनाव लड्ने तयार छ कि छैन ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘म गृह जिल्लाभन्दा पनि चुनाव प्रायः बाहिरबाट नै लड्ने सोचमा थिए । तर चितवनका जनताको माग अनुसार म चितवनबा नै चुनाव लड्छु । कालिकोटका नेता कार्यकर्ताले मलाई कालिकोटबाटै चुनाव लड्नु पर्यो भनेर अनुरोध गर्नु भएको त थियो । मैले गृह जिल्लाभन्दा बाहीर २ पटक चुनाव लडिसकेकाले अव नलड्ने तयारी छ ।’ दाहालले आफु प्रधानमन्त्री भएको वेला काठमाडौंलाई लोडसेडिग मुक्त गरेको बताए ।
दाहाललाई मिसन न्युजको प्रश्न, नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द (विप्लव) ले कालिकोटमा कार्यक्रम गर्दा तपाई कालिकोट आउनु भएको हो ? भनेर सोध्दा, उनले भने, ‘विप्लव जीले जति जे गरे पनि अन्तिममा केन्द्रतिर नै फर्किनुहुन्छ । उहाँले बाहिर बखेडा गरेर काम छैन् ।’ प्रचण्डले भने, प्रमुख प्रतिपक्ष नेकपा एमालेसंगको सम्वन्ध धेरै चिसिएको छैन् ।
त्यति वेलाको परिस्थितीले थोरै तालमेल नभए पनि अहिले त्यती तितो सम्वन्ध भएको छैन् । चुनावी प्रचारप्रसारको तयारीमा जन भेलामा सम्वोधन गर्न कालिकोटमा आएका दाहालले प्रदेश नम्वर २ मा आफ्नै पहलमा सान्तीपुर्ण चुनाव सम्पन्न गराएको सुनाए । उनले भने, देशमा संविधान लागु भएसंगै संविधानको कार्यन्वयतर्फ लैजाने कुरामा मेरो ठुलो भुमिका छ ।
देशमा स्थानीय, प्रदेश र केन्द्रको चुनाव हुन नदिने आन्तरिक र विदेशी षडेन्त्र आफुले नै तोडेको सुनाए । आईतवार हेलिकप्टरबाट कालिकोट पुगेका प्रचण्डले सोमबार कालिकोटको, पीली, नरहरीनाथ र रास्कोट नगरपालिकाको जन भेलामा सम्बोधन गर्नेछन् ।