बर्दियाका १९ जना मजदुरको खाँडाचक्रका मेयरद्धारा उद्धार

२५ चैत्र २०७६, मंगलवार १३:५२

कालिकाेट– कर्णाली राजमार्गमा काम गर्ने मजदुर अलपत्र परेको खबर खाँडाचक्र नगरपालिका मेयर जसिप्रसाद पाण्डेले सुने । लकडाउनका वेला घरमै वसेका मेयरले मजदुर अलपत्र परेको खबर सहनै सकेनन् । एकाएक प्रहरी र स्थानीय संचारकर्मीलाई खबर गरेर घरबाट निक्लिए । मुखमा मास्क लगाएर मजदुरलाई खोजी कर्णाली राजमार्गका विभिन्न स्थानमा गए । तर, एकै पटक भेटाउन नसके पनि उनले दुई घण्टापछि खाँडाचक्रकै एक विद्दालयमा काम गरिरहेको अवस्थामा भेटाए ।

मेयर पुगेको खवर सुनेपछि मजदुर डराएका थिए । अब कसरी खाने र वस्ने भन्ने मनमा तनाव लिएका मजदुरलाई मेयर पाण्डेले काम नगर्न आग्रह गरे । लगडाउनको समयमा खाने वस्ने व्यवस्था नगरले गर्छ भनेर फकाए । अनि सबै मजदुर मेयर पाण्डेको साथमा लागे । अलपत्र परेका बर्दियाका १९ जना मजदुर मेयरका पछाडी लाम लागे ।

दुइ हप्ता देखि अलपत्र परको मजदुरको नगरपालिका मेयर पाण्डेले उद्धार गरेका हुन् । कर्णाली राजमार्गको विहानी खोला र कालिकोट सदरमुकामका विभिन्न स्थानमा अलपत्र परको मजदुरलाई मेयर पाण्डेले प्रत्यक्ष स्थलगत रुपमै गएर उद्धार गरेका हुन् । मजदुरलाई खाने बस्ने ब्यवस्था खाडाचक्र नगरपालिकाले गर्ने मेयर जसीप्रसाद पाण्डेले प्रतिबद्धता गरेका छन् ।

कर्णाली राजमार्ग मर्मतमा काम गरिरहेका १९ जना मजदुर ठेकेदार भागेपछि बिचल्लीमा परेका छन् । कामका लागि कालिकोट पुगेको केही दिनमै लकडाउन सुरु भएपछि मजदुर बिचल्लीमा परेका हुन । काम सुरु गर्ने क्रममा ल्याइएको खाद्यान्न सकिएकाले भोकभोकै परेको मजदुरहरुको गुनासो छ ।

कर्णाली राजमार्ग मर्मतका लागि उनीहरुलाई ठेकेदार राजु कठायतले वर्दियावाट लगेका थिए । लकडाउन सुरु भएपछि ठेकेदार सम्पर्क बिहीन छन् । मजदुरलाई अलपत्र पारेर ठेकेदार भागेपछि उनीहरु अलपत्र परेका हुन् । कोरोना संक्रमण रोक्न लकडाउनको विकल्प नभएको भन्दै नगरपालिकाले मजदुरको सुरक्षासँगै खानेबस्ने ब्यवस्था मिलाउने घोषणा गरेको हो । मजदुरहरु चैत्र ८ गते कालिकोट पुगेका थिए ।

Next Post

कर्णाली कोरोना अपडेट: ७३ जनाको स्वाब नेगेटिभ

२५ चैत्र २०७६, मंगलवार १३:५२
सुर्खेत-विश्वभर फैलिएको कोरोनो भाइरस सन्त्रासलाई कम गर्न कर्णाली प्रदेश अस्पतालले पुर्व तयारी तिव्र गरेको छ । कर्णालीका १० वटै जिल्लामा कोरोना भाइरसविरुद्ध उच्च सतरकर्ता अपनाइएको छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतका दुई वटा क्षेत्रमा क्वारेन्टाइन निर्माण गरिएका छन् । कर्णालीका १० वटा जिल्लाका ७९ वटै स्थानीय तहमा कोरोना भाईरसको […]