नवलपरासी, १५ माघ । नेपाली कांग्रेसका महामन्त्री शंसाक कोइरालाले स्थानीय निकायको चुनाव छिटो गर्नुपर्ने बताएका छन् । संविधान कार्यान्वयनका लागि भए पनि सरकारले स्थानीय निकायको चुनावको मिति छिटो घोषणा गर्नु पर्ने बताए । नवलपरासीको एक कार्यक्रममा महामन्त्री कोइरालालले जति ढिलाई गर्यो संविधान कार्यान्वयन पनि त्यति नै गाह्रो हुने बताए । सबैको सहमतीबाट निर्वाचन जानुपर्ने उनको भनाई थियो ।
सोही कार्यक्रममा नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले सबै युवाहरुलाई एकजुट हुन आग्रह गरेका छन् । युवा शक्ति एक भए जस्तोसुकै समस्यालाई पनि समाधान गर्न सकिने भएकाले सबै युवाहरु चुनावको वातावरण बनाउनतिर लाग्नुपर्ने बताए । महासचिव शाहीले कार्यक्रमलाई सम्बोधन गर्दै युवाहरुलाई स्थानीय निर्वाचनमा लाग्न निर्देशन समेत पनि दिए । निर्वाचन मिति घाेषणा नभए देशलार्इ नै नराम्राे असर पर्ने भएकाले तत्काल सवै दलसंग सहकार्य गर्न अावश्यक रहेकाे नेता शाहीले बताए ।