बिमस्टेकका भीभीआईपीलाई विशेषज्ञसहितको स्वास्थ्य सेवा, यी अस्पतालमा आकस्मिक उपचारको व्यवस्था

१३ भाद्र २०७५, बुधबार १३:५८

काठमाडौँ – बिहिबार र शुक्रबार हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी विशिष्ट पाहुनालाई सरकारले विशेषज्ञ सहितको स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।

जसको लागि केही दिन पहिले स्वास्थ्य मन्त्रालयकी सचिव पुष्पा चौधरीको संयोजकत्वमा  १० सदस्सीय समिति गठन गरिएको थियो । सो समितिले सबै तयारी पूरा गरेको जनाइएको छ ।

आकस्मिक स्वास्थ्य उपचार सेवाको व्यवस्था वीर अस्पताल, त्रि.वि शिक्षण अस्पताल, निजामती अस्पताल, काठमाडौं मेडिकल कलेज, प्रहरी अस्पताल, पाटन अस्पताल, नेपाल मेडिसिटी अस्पताल, नर्भिक अस्पताल र  ग्रान्डी अस्पतालमा  मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी डाक्टर दिपेन्द्ररमन सिंहले स्वास्थ्य उपचारका लागि विमानस्थल, सम्मेलनस्थल र तोकिएको होटलहरुमा पनि भेन्टिलेटरसहितको एम्बुलेन्स र स्वास्थ्यकर्मीको टोली तयारी अस्थामा राखिएको जानकारी दिए ।

जसको लागि जनरल फिजिसिय, सर्जन, अर्थोपेडिक सर्जन, एमडी जनरल प्राक्टिस्नर, एनेस्थेसियोलोजिस्ट, हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट तथा नर्ससहितटोली खटाइएको पनि उनले जानकारी दिए ।

यसैबीच बिमस्टेकमा पब्लिक हेल्थ र औषधिको विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ । सूचना अधिकारी सिंहका अनुसार नेपालको स्वास्थ्य क्षेत्रको विषयमा खासै एजेण्डा नभए पनि यी दुई विषयमा छलफल हुने भएको हो ।

Next Post

2075-05-13

१३ भाद्र २०७५, बुधबार १३:५८
[3d-flip-book id=”3002″ mode=”fullscreen” title=”false” template=”short-white-book-view” urlparam=”fb3d-page”]