छोरी चेलीलाई कोसेली दिएर मनाइदैँ माघी

१ माघ २०७६, बुधबार १३:४४

सुर्खेत–विभिन्न जात÷जाति र समुदायमा फरक–फरक तरिकाले मनाइने माघे संक्रान्ति कर्णालीमा भने छोरी चेलीलाई कोसेली दिएर मनाइने गरेको छ । माघी तिहार अवसरमा कर्णालीमा छोरी चेलीलाई हरियो पातमा कोसेली दिएर माघी पर्व मनाइने गरेको हो । छोरीचेलीलाई माघी पर्वका अवसरमा दिने हरियो पोकामा कोसेली दिने चलन रहेको छ । यो परापूर्वकालदेखि चल्दै आएको र १५ दिनसम्म छोरीचेलीलाई दिने गरिन्छ ।

विभिन्न परिकारहरुसहितको कोसेली हरियो पातमा छोरीचेलीलाई दिने चलन परापूर्व कालदेखि चलिआएको छ । धार्मिक मान्यताअनुसार यो माघ महिनालाई पवित्र महिनामा रुपमा लिने गरिएको कर्णालीका संस्कृतिका बिषयमा जानकार प्रभाखर उपाध्यायले बताए । ‘कर्णालीमा अन्य ठाउँकोभन्दा भिन्न तरिकाले माघी मनाउने चलन छ।’ उनले भने, ‘बैदिक मान्यताअनुसार कर्णालीमा माघ महिनालाई पवित्र महिनाका रुपमा लिएर छोरी चेलीलाई कोसेली दिने चलन रहेको छ ।’

कर्णालीको धार्मिक मान्यता अनुसारर माघ महिनामा कपाल काटन्, खौरिन नहुने, बली दिन नहुने र यस अवसरमा कागको पूजा गर्ने चलन पनि रहेको शिक्षाप्रेमी चन्द्रप्रसाद कोइराला बताए । ‘टाढा टाढा रहेका दिदी–बहिनीलाई हरियो पातमा कोसेली पुय्राउने चलन छ ।’ उनले भने, ‘कर्णालीमा माघ पवित्र महिना भएका कारणले कारमाट पनि गरिँदैन् ।’ टाढा टाढा रहेका छोरी चेलीलाई माघ महिनाभरी नै कोसेली माइती पक्षले पु¥याउने चलन कर्णालीमा रहेको छ ।

Next Post

एमसिसिको प्रस्तावना संसदमा निम्तिएको विपत हो, उद्धारमा जुट्न जरुरि देखिन्छ

१ माघ २०७६, बुधबार १३:४४
आज सामिजिक संजाल देखि चोक ,गल्ली ,धारा पधेरामा नेता देखि जनता सम्मले हल्लिखल्लि गरिरहेको देख्दा म अचम्मित भएक‍ छु । के हो त एम सि सि ? संसदमा बिपत आएकै हो त ? कि केहि कुराक‍ो प्रस्ताव हो ? नम्बर (१)धारा ३ को दफा ३-२ (च) – सम्पूर्ण बौद्धिक सम्पतिमा अमेरिकाको […]