कालिकोट- जिल्लाको पुर्वी क्षेत्रमा रहेको तिलागुफा नगरपालिमा पुर्ण सरसफाई अभियान सुरु गरिएको छ । नगरपालिकालाई स्वच्छ र सफा राखी नागरिकलाई खानेपानीको पहुँचमा पुगाउने उद्देश्यले पुर्ण सरसफाई अभियान संचालन गरिएको हो । तिलागुफा नगरपालिकोले सुरुआत गरेको पुर्ण सरसफाई अभियानमा जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयले समन्वय गरेको छ ।
नगरपालिकामा स्थानीयलाई सरसफाइृ सम्वन्धि विभिन्न चेतनामुलक कार्यक्रम संचालन गरिएका छन् । नगरपालिकाको केन्द्र गाल्जेलगायतका स्थानमा खानेपानी तथा पूर्ण सरसफाई सम्बन्धि अभिमुखीकरण गरिएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गोबिन्द प्रसाद पाण्डेले बताए । नगरपालिकालाई सुन्दर र स्वच्छ बनाएर स्थानीयलाई खानेपानीको पहुँचमा राख्ने जरुरी भएकाले पुर्ण सरसफाई अभियान सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत पाण्डेले बताए ।
खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय कालिकोटका कार्यालय प्रमुख रामपुकार साफीले तिलागुफालाई पुर्ण सरसफाइ युक्त नगरपालिका बनाउन पहल भईरहेको बताए । स्थानीयवासी, नागरिक समाज, कर्मचारी, जनप्रतिनिधि पुर्ण सरसफाई अभियानमा लागेका छन् । नगरपालिकाको प्रत्येक टोल—टोलमा धारा र प्रत्येक घरमा चर्पी निर्माण भईरहेको स्थानीय सामाजिक अभियान्ता विक्रम शाहीले बताए । पुर्ण सरसफाई अभियानमा नगरपालिकाका प्रत्येक वडाका अध्यक्ष, कार्यपालिकाका सदस्य, नगरपालिका बिषयगत शाखाका प्रमुख, नगरपालिकाका वडा सचिव, शिक्षक, महिला स्वास्थ्य स्वयम सेबिका सक्रिय रहेका छन् । नगरपालिको नाग्म, रांचुली, गाल्जे र ठिन्के बजार ब्यबस्थापन समितिका सरसफाइ अभियानमा लागेका छन् ।
खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय कालिकोटका कार्यालय प्रमुख रामपुकार साफीले पूर्ण सरसफाई सम्बन्धी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय ब्यबस्थाका वारेमा स्थानीयलाई जानकारी दिने गरेका छन् । कर्मचारी तथा सरोकारवालालाई सरसफाई सम्वन्धि प्राविधिक कुरा सिकाउदै पूर्ण सरसफाई दिगो बिकासका े लक्ष्य अन्तरगत पर्ने सूचक भएकोले सबै यस तर्फ उन्मुख हुनु पर्ने बताए । सामुदायीक विकास कार्यक्रमका जिल्ला संयोजक लिलाराज न्यौपानेले पूर्ण सरसफाई मार्गदर्शनको पालना र खानेपानी तथा सरसफाईको अधिकारमुखी अबधारणको सृजना हुन जरुरी भएको बताए ।
पूर्ण सरसफाईको क्षेत्रमा जनप्रतिनिधी कर्मचारीहरुले सक्रिय भएर लाग्न समेत न्यौपानेले आग्रह गरे । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय कालिकोटका सब इन्जीनियर देवानन्द धितालले बिगतको खुल्ला दिशामूक्त अभियानको अनुभव बताउदै अव कालिकोटलाई पूर्ण सरसफाई यूक्त जिल्ला बनाउने तर्फ सबै क्षेत्रबाट लाग्नु पर्ने बताए । पुर्ण सरसफाई अभियानलाई सफल बनाउने नगर तथा वार्ड स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति सक्रिय हुनुपर्ने । नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गोबिन्द प्रसाद पाण्डेले बताए । गाऊ टोल सुधार समिति गठन गर्नु पर्ने र परिचालनलाई बलियो बनाउनु पर्ने पाण्डेले बताए ।
सरसफाई तथा वातावरण संरक्षण सम्बन्धी अभियान संचालन गरि नगरलाई चाडै पूर्ण सरसफाई यूक्त बनाइृने नगर प्रमुख रतन शाहीले बताए । जेष्ठ १५ गतेसम्म नगरका ११ वडामा वार्ड स्तरिय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति (डब्लुवास सीसी) तथा सबै गाऊमा गाऊँ र टोल सुधार समिति गठन गर्ने तयारी गरिएको नगर प्रमुख शाहीले बताए ।