भ्रष्ट्राचारका मुद्दाहरुको आक्रमक छानवीन हुनुपर्छः अमेरिकी राजदूत

२३ भाद्र २०७४, शुक्रबार १५:४०

काठमाडौं— नेपाल आयल निगममा भएको घोटालाबारे प्रतिक्रिया जनाउँदै नेपालका लागि अमेरिकी राजदूत एलाइना बी तेप्लिजले भ्रष्ट्राचारका घटनाहरुबारे सरकारले छानवीन गर्नुपर्ने बताएकी छिन् । भ्रष्ट्राचारका रिपोर्टहरु सर्वत्र छन्। सरकारले तिनमा संलग्नहरुलाई निलम्बन, अनुसन्धान र यो कलंक अन्त्यका लागि भ्रष्ट्राचारका मुद्दाहरुको आक्रमक छानवीन अघि बढाउनुपर्छ।’

रिपब्लिका अंग्रेजी दैनिकको बुधबारको सम्पादकीयलाई कोट ट्विट गर्दै उनले भनेकी छन्, ‘भ्रष्ट्राचारका रिपोर्टहरु सर्वत्र छन्। सरकारले तिनमा संलग्नहरुलाई निलम्बन, अनुसन्धान र यो कलंक अन्त्यका लागि भ्रष्ट्राचारका मुद्दाहरुको आक्रमक छानवीन अघि बढाउनुपर्छ।’

बुधबार रिपब्लिका दैनिकमा ‘बर्खास्त गर’ शीर्षकमा सम्पादकीय प्रकाशित भएको थियो। भ्रष्ट्राचारमा संलग्न भएको तथ्य सार्वजनिक भइसकेका नेपाल आयल निगमका प्रबन्द निर्देशक गोपल खड्का एवं साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्र शर्माक सरकारले बर्खास्त गर्नुपर्ने सम्पादकीयमा उल्लेख थियो। सोही सम्पादकीयको ट्विटरमा सेयर भएको लिङ्कमाथि राजदूत तेप्लिजले शुक्रबार कोट ट्विट गर्दै आफ्नो भनाइ राखेकी हुन्। नागरिब न्यूजबाट

Next Post

किशोरी हत्याकाण्ड बारे सरकारलाई खबदारी

२३ भाद्र २०७४, शुक्रबार १५:४०
कालिकोट – दैलेखको आठबिस नगरपालिका—८ खिड्कीज्युलामा बलात्कारपछि किशोरीलाई हत्या गरिएको विषयलाई लिएर प्रशासनलाई सत्य तथ्य छानविन गर्न माग गरेका छन् । कालिकोटका प्रमुख जिल्ला अधिकारी र दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हत्या गरिएका किशोरीका आफन्त र जनप्रतिनिधिले ज्ञापनपत्र बुझाउदै खवदारी दिएका हुन्। कालिकोट तिलागुफा नगरपालिका—५ खल्लागाडकी १८ वर्षीया मनशोभा न्यौपानेलाई […]