मधेसी जनताको अधिकार खोसियोः वरिष्ठ नेता खनाल

७ असार २०७४, बुधबार १५:४३

इलाम – नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले मधेसी जनताको भावना विपरीत राजपाले निर्वाचनको मिति सार्न लगाएको आरोप लगाएका छन्।

इलाम नगरपालिका– ५ स्थित सुम्वेकमा बुधबार आयोजित चुनावी सभामा उनले भने,“प्रदेश नं–२ का मधेसी जनताको भावना विपरीत राजपाले चुनावको मिति सार्न लगाएको हो । राजपाले मधेसी जनताको भावनामाथि खेलबाड गर्यो, जनताको निर्वाचनको अधिकार कुण्ठित गर्यो”

निर्वाचनपछि एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गर्दै उनले एमालेको पहलमा संविधान जारी भएकाले लोकतन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिका लागि पनि एमालेको नेतृत्व आवश्यक छ भने।

वरिष्ठ नेता खनालले हत्या, हिंसा र आन्दोलनको युग समाप्त भएर अब मुलुक नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै आर्थिक समृद्धितर्फ अघि बढ्न इलामबाटै सुरूआत गर्नुपर्नेमा जोड दिए ।

Next Post

सचिव उपभोक्ता अध्यक्ष भएर खानेपानी योजना निलेको बमको अारोप

७ असार २०७४, बुधबार १५:४३
कालिकाेट- कालिकोटको साविककाे धाैलागाेह गाविसको खानेपानी आयोजनामा अनियमितता भएको आरोप लागेको छ । युवा संघ नेपालका केन्द्रीय लेखा समिति सदस्य वकिल बमले खानेपानी आयोजनामा चरम भ्रष्टाचार गर्ने गाविस सचिव विष्णुकान्त प्याकुरेललाई कारवाहीको माग गरेका हुन् । बम कालिकोटमा बासिन्दा हुन् । बमका अनुसार धाैलागाेह गाविसका सचिव विष्णुकान्त प्याकुरेल खानेपानी योजनाका […]