१४० युवा—युवतीलाई व्यावसायीक शिक्षा दिइदै

९ चैत्र २०७४, शुक्रबार १६:५०

कालिकोट- कालिकोटका युवा—युवतीलाई आत्मनिर्भर बनाउन सिपमुलक तालिम सुरु भएको छ । ट्रेलरिङ, विल्डिङ, इलेक्ट्रिसियन र जुनियर कम्प्युटर हार्डवयर टेक्निसियन सम्वन्धि ३ महिने तालिम सुरु भएको हो । जिल्लाका १४० जना युवा—युवतीलाई तिन महिने तालिम दिन लागिएको हो । नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत व्यावसायीक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना दोस्रो (इभेन्ट) दोस्रोको सहयोगमा व्यवसायीक शिक्षा तालिम संचालन आएको हो । इलाईट टेक्निकल ट्रेनिङ सेन्टर प्रालिले सदरमुकाम मान्ममा तालिम आयोजना गरिएको छ ।

इलाइटका कार्यक्रम संयोजक विनोदबहादुर शाहीको सभापतित्वमा उद्घाटन गरिएको तालिममा जिल्ला समन्वय समितीका प्रमुख अनिपाल शाहीले तालिम सफलताको शुभकामना दिएका थिए । प्रमुख अतिथी समेत रहेका प्रमुख शाहीले जिल्लाका १४० जना किशोर किशोरीले व्यवसायीक शिक्ष तालिम पाउँनु अत्यान्तै सरानीय रहेको बताए ।

तालिमबाट सिप सिकेर आफु आत्मनिर्भर बन्नुका साथै गाउँका वेरोजगार युवा युवतीलाई सिप सिकाउँन आवश्यक रहेको शाहीले बताए । कार्यक्रममा खाँडाचक्र नगरपालिका मेयर जसीप्रसाद पाण्डेले तिन महिनासम्म संचालन हुने व्यावसायीक शिक्षा तालिमले राम्रो नतिजा हासिल गर्ने बताए ।

जिल्लामा वेराजगार मौलाएका वेला शिक्षा मन्त्रालय र इलाइटले युवा युवतीका लागि राम्रो काम गरेकोमा बधाइ दिए । इलाईटको तर्फबाट सहभागी भएका कपिल खनालले निष्पक्ष रुपमा तालिमका सहभागीलाई छनौट गरेर तालिम दिन लागिएको बताए ।

Next Post

नेकपाका प्रवक्ता विश्वकर्माको घरमा प्रहरीले टाँस्यो पक्राउ पुर्जी

९ चैत्र २०७४, शुक्रबार १६:५०
कालिकोट : नेपाल कम्युनिस्ट पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को  घरमा पक्राउ पुर्जी टाँस गरिएको छ। भोजपुर जिल्ला अदालतले विश्वकर्माको कालिकोट नरहरिनाथ गाउँपालिका–६ माल्कोटस्थित घरमा ‘ज्यान मार्ने उद्योग र विस्फोटक प्रदार्थ’ मुद्दामा पक्राउ पुर्जी टाँस गरेको हो।  विश्वकर्मालाई भोजपुर अदालतमा हाजिर हुन ७० दिनको म्याद समेत तोकिएको छ। यसभन्दाअघि नै भोजपुर जिल्ला […]