धरान – नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले अबको दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउने जिम्मा तरुण दलको काधमा आएको बताए । कांग्रेस लाई हराउने ताकत कसैको नभएकोले कांग्रेस लाई बिजयी हुन बाट कसैले रोक्न नसक्ने शाहीले बताएका छन। धरानकाे चुनावी अाम सभालाइ सम्वाेधन गर्दै साे कुरा बताएका हुन् ।
महामन्त्री शाहि चुनावी प्रसारका लागि झापा, मोरङ, सुनसरी, धनकुटा लगायत देश दौडाहामा होमिएका छन् । झण्डै दुई दशकपछि भएको स्थानिय तहको निर्बाचनमा नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई बिजयी गर्ने अभियानमा शाही देश दौडाहामा होमिएका हुन् । नेपाली कांग्रेसका यूवा नेता शाही चुनावी प्रचार प्रसार अभियान अन्तरर्गत पूर्वी नेपालका बिभिन्न जिल्लाहरुमा रहेका छन् ।
मुलुकलाई समृद्धिको बाटोमा डोर्याउन कांग्रेसले चुनाव जित्नुपर्ने शाहीले बताए । उनले मुलुकका हरेक परिवर्तनहरु कांग्रेसको नेतृत्वमा मात्र सम्भव भएको बताउदै नेपाली कांग्रेसकै नेतृत्वमा सिंहदरबारको अधिकार गाँउ गाँउमा आएको दावी गरे । उनले भने, कांग्रेसले नै बहुमत स्थानिय तहमा बिजयी हुनुपर्छ । दुई दशकसम्म पनि हुन नसकेको स्थानिय तहको निर्बाचन गर्न नेपाली कांग्रेसले नै निर्णायक भुमीका खेलेको नेता शाहीले मिसन इन्युजसँग बताए ।