मनसराकाे उपचार जिम्मेवारी विप्लव नेतृत्वले लियो

२४ जेष्ठ २०७४, बुधबार १३:५९

कालिकाेट : क्यान्सर पीडित चार वर्षिया बालिका मनसरा लुहारको उपचारको जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीले लिएको छ । कालिकोटको रास्कोट नगरपालिका–७ की मनसरा लुहारको दाइने आँखाबाट पलाएको मासु क्यान्सरमा परिणत भएपछि उपचारका लागि काठमाडौ लगिएको छ ।

काठमाडौं लगिएकी मनसरालाई मंगलबार बिहानै नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उपचारमा लाग्ने सम्पूर्ण खर्च आफुले बेहोर्ने बताउँदै बालिका र उपचारमा सहयोगी गएका बुबा रने लुहारसहित आफन्त कालिबहादुर महतारालाई साथमा लगेको हो । नेकपाले मंगलबार बिहानै कलंकीमा पत्रकार सम्मेलन गरी आर्थिक अभावका कारण क्यान्सरबाट पीडित बालिकाको उपचारको जिम्मेवारी आफुले लिने बताएको थियो । पत्रकार सम्मेलनमा नेकपाका पोलिट ब्युरो सदस्य तथा भेरी कर्णाली ब्युरो इन्चार्ज भरत बम(रणवीर)ले पार्टीकै पहलमा काठमाडौं ल्याइएकोले अब उपचार पनि पार्टीकै पहलमा हुने बताए ।

पत्रकार सम्मेलन लगतै वीर अस्पतालमा उपचारका लागि पु¥याइएपनि त्यहाँ उपचार सम्भव नभएपछि मंगलबार नै टिचिङ अस्पताल महाराजगंजमा लगिएको छ । नेपाल कम्युनिष्ट पार्टी स्रोतका अनुसार अहिले पोलिट ब्युरो सदस्य भरत बमकै संयोजकत्वमा टिचिङ अस्पतालमा उपचार भइरहेको छ । पार्टीले पनि मनसराको उपचारका लागि सबैले सहयोग गर्न अनुरोध गरेको छ ।

यसअघि मनसराको आर्थिक अवस्था नाजुक रहेकोले उपचारमा सहयोगको अपिल सहितको समाचार प्रकाशन भएपछि काठमाडौंको करुणा फाउन्डेशनले उपचारको जिम्मेवारी लिने बताएको थियो । तर राजधानी पुग्नुअघि नै कलंकीबाट बालिकालाई भरत बमको नेतृत्वले पार्टीले उपचारमा सहयोग गर्ने भन्दै लगेपछि आफुहरुको सम्पर्कमा नआएको फाउन्डेशनका फाउन्डर दिपक सापकोटाले बताए ।

‘हामीले उपचार गर्ने भनेका थियौं, कलंकीमा आउनेबेला सम्म कालिबहादुर महतारासँग सम्पर्क थियो,’पत्रकारसँग कुरा गर्दै उनले भने, ‘तर अहिले कसैसँग पनि सम्पर्क छैन । हामीलाई जानकारी प्राप्त भएसम्म उहाँहरु दिउसो उपचारका लागि वीर अस्पतालमा जानुभएछ र अहिले पुनः टिचिङमा नै ल्याएर उपचार गराउँदै हुनुहुन्छ ।’
सापकोटाले उपचार गर्ने जिम्मेवारी जसले लिएपनि बालिकाको ज्यान सकुसल बचाउनु मुख्य उद्देश्य हुने बताए । ‘हाम्रो कसैसँग प्रतिस्पर्धा छैन, उपचार गर्ने थुप्रै बालबालिकाहरु छन् ’ उनले भने, ‘तरपनि उपचारमा आगामी दिनमा समस्या आइपरे हामी मनसराको लागि सहयोग गर्न जतिबेला पनि तत्पर छौं ।’

Next Post

मनसराको उपचारमा ताराको साहारा

२४ जेष्ठ २०७४, बुधबार १३:५९
कालिकाेट : क्यान्सर पीडित चार वर्षिया बालिका मनसरा लुहारको उपचारको लागि जिल्लामा सहयोगी हातहरु जागेका छन् । रास्कोट नगरपालिका–७ की ४ बर्षीया मनसरा लुहारको दाइने आँखाबाट पलाएको मासु क्यान्सरमा परिणत भएपछि उपचारका लागि काठमाडौ लगिएको छ । उपचार खर्चका लागि बालिका मनसरालाई महिला अधिकारकर्मी एवं निर्माण व्यवसायी तारा शाहले २० […]