कालिकोटबाट कांग्रेस र एमालेले गर्‍यो उम्मेदवार सिफारिस, अलमलमा माओवादी

२४ आश्विन २०७४, मंगलवार १५:१४

रमेश रावल-

कालिकोट : प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कालिकोटबाट नेपाली कांग्रेसले उम्मेदवारहरुको सिफारिस गरेको छ। कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ तरुणदलका महामन्त्री भुपेन्द्रजंग शाही, नारायण भट्टराई र हिक्मतबहादुर बिष्टको नाम सिफारिस गरेको छ।

प्रतिनिधिसभामा समानुपातिकको लागि मुक्तिप्रसाद न्यौपाने, पूर्व सांसद तिलक न्यौपाने, बिष्णुबहादुर शाही, लक्ष्मी शाही, नेत्रबहादुर शाही र हर्ष शाहीको नाम सिफारिस गरेको छ। प्रदेशसभाका लागि क्षेत्र नं. ‘क’ मा प्रत्यक्षतर्फ अम्मबहादुर शाही, टेकराज शाही, मनराज शाही र लोकबहादुर शाहीको नाम सिफारिस गरेको छ।

त्यस्तै समानुपातिकका लागि छायाँ सुनार, यसोदा शाही, तारा शाही र भद्रा शाहीको नाम सिफारिस गरेको कांग्रेसले जनाएको छ। त्यस्तै प्रदेशसभाको निर्वाचन क्षेत्र नं ‘ख’ का लागि प्रत्यक्षमा कालीबहादुर सहकारी, शिक्षक मानबहादुर रोकाया, हर्षबहादुर बमको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ मोतिराज बम र पार्वती शाहीको नाम सिफारिस गरेको छ।

एमालेबाट सांसद विष्टको नाम सिफारिस नेकपा एमालेले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ हालका सांसद तुलाराज बिष्ट, जिल्ला कमिटीका उपाध्यक्ष रमेश शाही र जिल्ला सदस्य लक्ष्मी बमलाई सिफारिस गरेको छ। समानुपातितर्फ जिल्ला कमिटी सह–सचिव वकिल बम, मीनबहादुर शाही र मिना शाहीलाई सिफारिस गरेको कार्यालय सचिव दानबहादुर शाहीले बताए।

प्रदेशसभाका लागि क्षेत्र नं. ‘क’मा प्रत्यक्ष कुर्मराज शाहीलाई सिफारिस गरेको छ भने समानुतिकतर्फ तारा शाही, राधिका शाही र रत्न बिकलाई सिफारिस गरिएको कार्यालय सचिव शाहीले बताए। त्यस्तै, प्रदेशसभाका लागि क्षेत्र नं ‘ख’ बाट प्रतक्ष्यतर्फ नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष नगिन्द्र शाही ( नेशनल ) , तुलाराज सिंम्खडा र यसोदा बराललाई सिफारिस गरिएको छ भने समानुतिकतर्फ विश्वराज बम, दुर्गा शाही न्यौपाने र कालो सार्कीलाई सिफारिस गरिएको कार्यालय सचिव शाहीले बताए।

लमलमा माओवादी वामपन्थी पार्टी बीचको चुनावी तालमेलका कारणले माओवादी उम्मेदवार छनौट गर्न सकेको छैन। माओवादी बामवन्थी एकता तालमेलका कारणले अलमलमा परेको हो। माओवादीले उम्मेदवार छनौट गर्न जिल्लाका सबै नेता राजधानी लागेका छन्।

 

Next Post

प्रतिनिधिसभा उम्मेदवारको तयारी छ : उर्जामन्त्री शाही

२४ आश्विन २०७४, मंगलवार १५:१४
कालिकोट- उर्जामन्त्री महेन्द्रबहादुर शाही (प्रज्वल) ले प्रतिनिधिसभाको प्रत्यक्ष सांसद लागि तयारी गरेको बताएका छन् । जनताको भावनालाई सम्वोधन गर्न संघको प्रत्यक्ष सांसदको तयारी भएको मन्त्री शाहीले पत्रकारसंग बताएका हुन् । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका मन्त्री शाहीले जिल्ला संयोजकलगायतका आकांक्षीहरुलाई पनि व्यवस्थापन हुने बताए । मन्त्री शाहीको निजी सचिवालका […]