पश्चिम नेपालकै भुस्वर्ग सान्नी त्रिवेणी

१८ भाद्र २०७६, बुधबार १९:४२

कालिकाेट-जिल्लाको सान्नी त्रिवेणी गाउँपालिमा पर्ने त्रिवेणी पाटनले पर्यटकको मन लोभ्याने गरेको छ । त्रिवेणीको काखमा रहेका दर्जनौ पाटनले पर्यटकलाई मोहोनी लगाएको हो । त्रिवेणी आउने पर्यटकले भुस्वर्गको अनुभुति गर्दछन् । प्छिल्लो समय त्रिवेणी पश्चिम नेपालकै सुन्दर स्वर्ग बनेको छ । मुम्राको लेकाली क्षेत्रमा रहेको सुन्दर त्रिवेणी पाटनमा पर्यटकहरुको चहलपहलले पर्यटनको आशा जोगाएको छ । प्रायाः सिजन अनुसार नै पर्यटकहरुको त्रिवेणी पाटनमा ओहोरदोहोर हुने गरेको पाइन्छ ।

त्रिवेणी पाटन समुन्द्री सतहदेखि करिव ४ हजार मिटरको उचाइमा रहेको छ । त्रिवेणी पाटन मात्र नभएर त्रिवेणी धामको रुपमा परिणत भएको छ । नेपालको पुर्व मेचि देखि पश्चिम महाकाली सम्मका हजारौ थिर्तालु भक्तजनहरु त्रिवेणी पाटन भएर बडिमालीकाको दर्शन गर्छन् । कालिकोट र बाजुराको सिमा क्षेत्रमा रहेको बडिमालिका मन्दिरको दर्शन गर्न एक दिन एक रात त्रिवेण धाममा वास वसेर भक्तजनहरु जाने गरेका छन् । पाटनबाट तिन वटा मुहान फुटेर तिन वटा खोला बनेपछि तिन खोलाको संगम हुँदा यसको नाम त्रिवेणी राखिएको जानकारहरु बताउँछन् । कर्णालीका सवै जिल्ला र सुदूरपश्चिम पहाडका बझाङ, बाजुरा, डोटी, वैतडी र अछामको संगमस्थलको रुपमा त्रिवेणी धामलाई लिन सकिन्छ । त्रिवेणी क्षेत्रमा पुग्नै गाह्रो छ तर, पुगेपछि भने पर्यटकका मनहरु पनि रोमाञ्चित हुन्छन् ।

प्रकृतिका अनेक छटाले धार्मिक तथा पर्यटकीय क्षेत्र भनिए पनि त्रिवेणी अत्यान्तै दर्शनीय छ । त्रिवेणी पाटनको जुनसुकै भागमा उभिएर हेर्दा पनि मानिसले मनोहर प्रकृतिको विपुल छटाहरूले घेरिएको पाउँछ । विशाल(विशाल गलैंचा ओछ्याइएका जस्तै लाग्ने ठूला(साना पाटनले घेरिएको त्रिवेण हेर्न आएका आगन्तुकको मननै लोभ्याउछ । त्रिवेणीको वरिपरि मिलाएर उमारिएका जस्ता लेकाली वन, पानीको कलकल र अलिपरतिर लस्करै उभिएका पाटनले त्रिवेणीलाई पृथ्वी(तलको स्वर्ग जस्तै कन्चन बनाएको छ । त्रिवेणीले पश्चिम नेपालको धार्मिक(सांस्कृतिक आयाम निकै थपेको छ । विभिन्न प्रजातिका वनस्पति रहेका छन् । त्रिवेणी क्षेत्रमा एक सय भन्दा धेरै विभिन्न किसिमका फूल फुल्छन् र २ सय भन्दा धेरै किसिमका चराचुरुङ्गीहरु छन् सयौं खाले जडिवुटि पनि पाइन्छ । अपार पर्यटकीय सम्भावनासहितको त्रिवेणी पाटनको विकासमा सरकारको ध्यान भने पुगेको छैन । सिजनअनुसार मात्र पर्यटक पुग्ने हुनाले यो क्षेत्रमा बास र खानपिनकोे प्रबन्ध छैन ।

संरक्षित क्षेत्रको तयारी

त्रिवेणीलाई भावि दिनमा संरक्षित क्षेत्र बनाउने तयारी रहेको सान्नी त्रिवेणी गाउँपालिको तयारी रहेको छ । त्रिवेणी पाटन मात्र नभइ त्रिवेणी धाम रहेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्वरबहादुर शाही (डिवि) ले बताए । यस क्षेत्रलाइ आगामी दिनमा संरक्षित क्षेत्रको रुपमा घोषणा गर्ने तयारी रहेको अध्यक्ष शाहीले बताए । सान्नी त्रिवेणी मात्र नभइ देशकै ठुलो सम्पतीको रुपमा लिन सकिने अध्यक्ष शाहीले बताए । यस क्षेत्रमा कस्तुरी, बाघ, घोरल जस्ता बन्यजन्तु र दुर्लव पंक्षि रहेका छन् । पछिल्लो समय यहाँका व्यवसायीहरूले विकासका लागि व्यक्तिगत र संस्थागत प्रयास थालेका उद्योग बाणिज्य संघ कालिकोट महासचिव तिलबहादुर शाहीले बताए ।

त्रिवेणी जाने चलनचल्तीको बाटो कालिकोटको सदरमुकाम मान्म हुँदै सान्नीको मेहलमुडी र मुम्रा भएर जान्छ । विमान वा बसबाट बाजुरा, लगाएतका अन्य जिल्ला भएर पनि जान सकिन्छ । मान्मबाट बिहानै पैदल हिंड्दा एक दिनमा मुम्राको मालिक वन पुगिन्छ । त्यस्तै दोस्रो दिनमा त्रिवेणी पुगिन्छ । मालीवनदेखि बिहानीको शीतलमा ठाडो उकालो वाटो भएर बिचविचमा पानी र खानपिन गरेर मध्प दिउसो तिर त्रिवेणी पुगिन्छ । असोजमा त्रिवेणी पुग्नेहरूले पाटनहरूमा बादल तथा कुहिरो नलाग्ने र मौसम सफा रहने भएकाले रहर मज्जाले पूरा गर्न सक्छन् ।

बडिमालिकामा जनैपूर्णिमाका वेला धुमधामसँग धार्मिक मेला लाग्ने भएकाले त्रिवेणी भएर भक्तालु जाने गर्दछन । जनैपूर्णिमामा भारतको कुमाउ गढवालदेखिका त्रिवेणी आउँने गरेका पुजारी कृष्णप्रसाद धमालाले बताए । उनले भने ‘त्रिवेणी हुँदै बडिमालिका जाने हजारौं तीर्थालु हुन्छन् ।’ त्रिवेणीमा नुहाएर बडिमालिका दर्शन गरे मनले चिताएको पूरा हुन्छ । रोगव्याध नाश हुन्छ र पदोन्नति हुने विश्वास छ । शुद्ध मनले दर्शन गरे मनोकांक्षा पूरा हुन्छ । त्यसैले सुस्वास्थ्य, धनलाभ र सुयोग्य वरबधुको कामना गर्दै पूजा गरिन्छ पुजारी धमालाले सुनाए । त्रिवेणीमा दुइटा खोला छन, गंगा र जमुना । जहाँ नुहाउँदा रोग र पाप पखालिन्छ भन्ने धार्मिक विश्वास छ ।

त्रिवेणीमा अस्तु विसर्जन गर्दा पितृ स्वर्गमा पुग्छन् भन्ने पनि विश्वास छ । मनरोञ्जनका लागि मात्र होईन प्रकृतिको धनि मानिएको त्रिवेणि पाटन र त्यस आसपासका क्षेत्रको बर्णन गरी साध्यै छैन । प्राकृतिक सम्पदाको क्षेत्रमा स्मरणिय क्षेत्रहरु मध्ये त्रिवेणि पाटन एक महत्वको धार्मिक क्षेत्र तथा मनोरञ्जनको क्षेत्रका रुपमा लिन सकिन्छ । जिल्लामा पछिल्लो समयमा धार्मिक तथा प्राकृतिक सम्पदाका क्षेत्रमा संरक्षणको अभियानमा चासो बढे पनि यि क्षेत्रहरु प्रति वेवास्ता हुने गरेको छ । प्रकृतिको सम्पदाको क्षेत्रमा त्यति चासो नदिएकै कारण कर्णालीका प्राृकतिक संम्पदाहरु ओझेलमा परेका हुन । त्रिवेणीको पाटन विकासमा पछि परे पनि प्राकृतिक सम्पदा र उत्पादनका हिसावले आत्मनिर्भर बन्न सकिने स्थानीयले बताए ।

Next Post

त्रिवेणीको आशा र भरोसा

१८ भाद्र २०७६, बुधबार १९:४२
सान्नी त्रिवेणीको पदयात्राले कर्णालीको पर्यटन समृद्धितिर आशा जोगाएको छ । नेपाल सरकारले भ्रमण वर्ष २०२० घोषणा गरे पश्चात त्रिवेणीको पदयात्राले पर्यटन क्षेत्रको आशा र भरोसा जोगाएको हो । कर्णाली र देशभर धेरै पर्यटकिय क्षेत्रहरु पर्यटन गन्तव्यमा परेता पनि कालिकोटको त्रिवेणी धाम पर्न सकेन । चालु आर्थिक वर्षमा सम्वन्धित निकायले यो […]