चार महानगरपालिकामा कसले मार्ला बाजी ?

५ जेष्ठ २०७४, शुक्रबार १४:००

काठमाडौं : पहिलो चरणको स्थानीय तहको निर्वाचनअन्र्तगत चार महानगरपालिकाको निर्वाचन जेठ ३१ भयो । निर्वाचन भएको पाँच दिनसम्म पनि एक चौथाई मत पनि गणना हुन सकेको छैन् । प्रारम्भीक मत परिणामअनुसार ललितपुर महानगरबाहेक अन्य तीन महानगरपालिकामा एमालेले अग्रता लिइरहेको छ । तीन महानगरपालिकामा एमालेले अग्रता लिइरहेपनि अझै एक तिहाई मत पनि गणना हुन नसकेकाले कसले जित्ने भन्ने आँकलन हुन सकेको छैन् । अझै धेरै मत गणना हुन बाँकी रहेका कारण कसैले पनि आधार देख्न सकेका छैनन् । तर अहिलेसम्मको नतिजा अनुसार कांग्रेसले ललितपुर र एमालेले भरतपुर महानगरपालिका जित्न सक्ने आँकलन गरिसकेका छन् ।

प्रारम्भीक मत परिणामअनुसार कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा देखिन्छ । झिनो मतको अन्तरले दुई पार्टीले स्थानीय तह हात पार्दै छन् । समग्रतामा एमाले अघि देखिएको छ । निर्वाचन आयोगका अनुसार पहिलो चरणको मत परिणाममा एमाले अग्रस्थानमा देखिएको हो । एमालेले ९३, कांग्रेसले ८६ तहमा निर्वाचन जितेका छन् । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ३८, राप्रपा १ र नयाँ शक्तिले एक तहमा विजयी हासिल गरेका छन् ।
उस्तै उस्तै परिणाम आउन थालेपछि नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा कडा टक्कर भइरहेको हो । ललितपुर महानगरमा कांग्रेसले लगातार अग्रता लिइरहेको छ अन्य तीन नगरपालिकामा भने एमाले नै अगाडि देखिए पनि कसैले पनि जित्ने दावी गर्न सकेका छैनन् ।

पछिल्लो मत परिणाम अनुसार काठमाडौं महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले १० हजार २ सय ४५ मत लिनुभएको छ । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका राजुराज जोशीले ६ हजार ६ सय ५५ मत ल्याउनुभएको छ ।
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले १५ हजार ४१ मत लिनुभएको छ । उहाँको निकतम प्रतिष्पर्धी एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले १३ हजार २ सय १६ मत ल्याउनुभएको छ ।
भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार देवी ज्ञवालीले १२ हजार ४ सय ६ मत ल्याउनुभएको छ भने उहाँका निकतम प्रतिष्पर्धी कांग्रेस माओवादी साझा उम्मेदवार रेणु दाहालले ११ हजार ७ सय ७७ मत ल्याउनुभएको छ ।

पोखरा लेकनाथ महानगरपालिकामा एमाले र कांग्रेसबीच कडा टक्कर भइरहेको छ । मेयर पदमा कांग्रेसका रामजी कुँवरले १२ हजार ८ सय २३ मत ल्याउनुभएकोछ । एमालेका मान ब जिसीले १३हजार ९ मत ल्याउनुभएको छ । त्यस्तै उप मेयरमा पनि एमालेले अग्रता लिइरहेको छ । एमालेका मञ्जुदेवी गुरुङले १२ हजार ३ सय ३१ मत ल्याउनुभएको छ भने कांग्रेसका सरस्वती गुरुङले ११ हजार ६ सय ६ मत ल्याउनुभएको छ ।

काठमाडौं, ललितपुर पोखरा र भरतपुर महानगरपालिकाको अन्तिम परिणाम आउन अझै एक साता भन्दा बढी लाग्ने देखिएको छ । निर्वाचन भएको ५ दिनमा चारवटै महानगरपालिकाको एक चौथाइ पनि मतगणना हुन सकेको छैन् । काठमाडौंलगायत महानगरपालिकामा ११ वटासम्म टोली बनाएर गणनाको काम भए पनि ढिलासुस्ती हटेको छैन । अन्नपुर्णबाट

Next Post

काठमाडौंको रुझानः १० वर्षपछि एमालेको कमब्याक, माओवादी र राप्रपा पत्तासाफ

५ जेष्ठ २०७४, शुक्रबार १४:००
काठमाडौं । काठमाडौं जिल्लामा एक महानगरपालिका र १० नगरपालिकासहित ११ वटा स्थानीय तह छन् । जिल्लाका यी सबै तहमा भएको निर्वाचनको प्रारम्भिक नजिता हेर्दा सत्तारुढ माओवादी केन्द्र ‘क्लिन स्वीप’ हुने देखिएको छ । मतगणना भइरहेका काठमाडौंका कुनै पनि नगरपालिकामा माओवादी दोस्रो स्थानमा समेत छैन । माओवादी पार्टीबाट महानगरपालिकाका मेयरका उम्मेदार […]