एसईई नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

२ असार २०७४, शुक्रबार १३:०५

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५ सय ६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १६ हजार ५ सय ७२ जना उत्तीर्ण भएका छन्।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिनेछ। परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए।

यसरी हेर्नुहोस् रिजल्ट

एसइइको परीक्षाफल नेपाल टेलिकमको नेटवर्कबाट थाहा पाउन सकिनेछ। साधारण टेलिफोन लाइन, जिएसएम पोष्टपेड, प्रिपेड तथा सिडिएमए फोनबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिने टेलिकमले जनाएको छ।

टेलिकमले एसएमएसमार्फत् पनि परीक्षाफल हेर्ने व्यवस्था गरेको छ। जिएसएम तथा सिडिएमए मोबाइल प्रयोगकर्ताले मेसेज बक्समा गएर seesymol number र अल्फावेट वा seesymbol number टाइप गरी १६०० मा एसएमस पठाउन सकिनेछ।

मार्कसिटसहितको नतिजा see.ntc.net.np मा उपलब्ध हुनेछ।

शिक्षा मन्त्रालयको वेबसाइट एमओइ डट जिओभी डट एनपी, शिक्षा विभागको वेबसाइट डिओइ डट जिओभी डट एनपी, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको वेबसाइट एसओसिइ डट जिओभी डट एनपीबाट पनि परीक्षाफल हेर्न सकिनेछ।

Next Post

दैलेख बस दुर्घटना: शोकले डुव्यो कालिकोट

२ असार २०७४, शुक्रबार १३:०५
कालिकोट- रास्कोट–६ गोरखाली गाउँका ४० वर्षीय यूवराज शाही घरबाट देउता पुजेर कैलाली जाँदै थिए। उनिसँगै भतिजी कविता शाही जितेगडाबाट बस चढेर कैलालीको यात्रामा लागेका थिए। यूवराज चढेको बस दैलेखको भेल्तडी भिरमा खस्यो। युवराज र कविताको घटनास्थलमै मत्यु भयो। अर्का रास्कोट नगरपालिका—५ का धर्मराज शाहीको पनि घटनास्थलमै मृत्यु भयो। उनी आफन्त […]