कालिकोट- जिल्ला अस्पताल कालिकोटबाट ज्यान जोगाउन नेपालगंज भेरी अस्पताल रेफर गरिएकी सुत्केरीको सोमवार विहान मृत्यु भएको छ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने तिलागुफा नगरपालिका— ११ निवासी हरिशोभा सुनारको अत्याधिक मात्रामा रक्तश्राव भएपछि हेलिकोप्टर मार्फत भेरी अस्पताल नेपालगंज लगीए पनि उपचारका क्रममा मृत्यु भएको छ । सुनारको अस्पताल उपचार भएको १८ घण्टापछि मृत्यु भएको स्वास्थ्यकर्मी कटक महतले बताए । उननको ज्यान बचाउने जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीले ठुलो प्रयास गर्दा पनि उनको मृत्यु भएको हो । मृत्यु भएकी सुनारका आधा दर्जन छारी टुहुरा भएकी छन् । आइतवार जिल्ला अस्पतालमा जन्माएकी बालीका जिवित नै रहेको बताइएको छ ।
सुनारले आईतवार विहान छोरी जन्माएपछि एकाशी रक्तश्राव भएको डा.प्रकाश जीशीले बताए । उनको अत्याधिक मात्रामा रक्तश्राव भएपछि स्वास्थ्यकर्मी र स्थानीयले ५ प्वाईन्ट रगत दान गरेका थिए । वि पोजेटिप समुहको रगत डा.प्रकाश जीसीले १ पोइन्ट, विरामी सुनारका श्रीमान दाने विक,स्थानीय राकेश शाही र अर्का स्वास्थ्यकर्मी सन्त रोकायाले एक—एक प्वाइन्ट रगत दान गरेर अन्तिम अवस्थामा नेपालगंज रेफर गर्दा समेत उनि बाँचिनन् ।
५ प्वाइन्ट रगत चढाए पनि रक्तश्राव हुन नरोकिएपछि रेफर गर्नु परेको डा.प्रकाश जीसीले बताए । रक्तश्रावले विरामी भएकी सुनारलाई बचाउने प्रयास स्वास्थ्यकर्मीले आफै रगत दिए पनि बचाउन असफल भएको स्वास्थ्यकर्मीले बताए ।
अहिलेको जन्माएको छोरी गरी जम्मा ९ वटा बच्चा जन्माएको उनका श्रीमान दाने विकले सुनाए । यो भन्दा पहिला ५ वटा छोरी जिवित भए पनि ४ वटा जन्मीदै मरिसकेका छन् । उमेरले ३५ वर्ष भए पनि हालसम्म ९ वटा बच्चा जन्मिएका स्वास्थ्यकर्मीसँग विरामीका आफन्तले सुनाए । मृत्यु भएकी हरीशोभा सुनारलाई अक्सिजन चढाएर जिल्ला अस्पतालदेखि एम्वुलेन्समा पंचदेवल माविसम्म हेलिकप्टरमा राखेर नेपालगंज लगिएको थियो । जिल्ला अस्पताल कालिकोटले उनको ज्यान बचाउन क्षेत्रिय स्वास्थ्य निर्देशनालयलाई खबर गरेको थियो । खवर पुग्दासाथ हुम्लाबाट नाइन एन ए केभी को माउन्टेन हेलिकप्टर पुगेको थियो ।