कर्णाली नदिमा हाम फालेर एक महिला बेपत्ता

२१ माघ २०७३, शुक्रबार ०७:४५

कर्णाली नदिमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् । जिल्लाको भर्ता गाविस वडा नम्बर ८ पोरीपाल्नी निवासी २२ बर्षिया हासिल्ला सुनार बिश्वकर्मा कर्णाली नदिमा हाम फालेर बेपत्ता भएकी हुन ।
घरबाट दाउरा लिन जंगलतिर गएकी बिश्वकर्मा कर्णाली नदीमा हाम फोलेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता भएकी सुनारका दाजु जवानसिंह सुनारका अुसार बहीनी दाउरा ल्याउन जान्छु भनेर जंगलतिर गएकी हुन । तर जितेगडा नजिकैको कर्णाली नदिका तिरमा चप्पल मात्र भेटिए । नदीमा हामफालेर बेपत्ता भएकी बिश्कर्माको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । विहीवार नदिमा हाम फालेकी सुनार अहिलेसम्म बेपत्ता भएकी प्रहरीले जनाएको छ ।
बिश्कर्माको एक छोरा र एक छोरी रहेका छन ्। उनका श्रीमान तत्त बिश्वकर्मा रोजगारीको सिलसिलामा भारतको मुम्बईमा रहेको आफन्तहरुले बताएका छन् । बेपत्ताका दाजु सुनारले आफ्नी बेपत्ता बहिनीको खोजिको लागी प्रहरी, स्थानियबासिलगाएत सबैलाइ सहयोगको लागी आग्रह गर्दै आएका छन् । कालिकोटको कर्णाली नदीमा पर्ने चिप्लेदेखि अछामको असाराघाटसम्म कुनै महिलाको लास भेटीएमा आफनो मोबाइल नम्मर ९७४८६१००३५ अथवा नजिकको प्रहरि चौकिमा खबरको लागी अनुरोध गरेका छन् । के कारणले नदिमा हाम फालेकी हुन भन्ने बारे अहिलेसम्म खुल्न सकेको छैन । खोजिकार्य जारी रहेको छ । बेपत्ता विकले हामफालेको नदिको किनारमा आफुले लगाएका एक जोडा चप्पल मात्र छोडेकी छन् ।

Next Post

वातावरण मूल्यांकन नगरी भ्यु टावर निर्माण

२१ माघ २०७३, शुक्रबार ०७:४५
काठमाडौं- राजधानीको पुरानो बसपार्कमा वातावरण प्रभाव मूल्यांकन (इआइए) स्वीकृत नगरी काठमाडौं भ्यु टावर निर्माण थालिएको छ। १० वर्गमिटरभन्दा बढी क्षेत्रमा ठूला भवन निर्माणपूर्व वातावरणमा पार्न सक्ने असरबारे इआइए प्रतिवेदन स्वीकृत गराउनुपर्छ। तर काठमाडौं महानगरपालिकाले कानुन र स्थानीय बासिन्दाको आवाज बेवास्ता गर्दै टावर निर्माण कार्य अगाडि बढाएको हो। महानगरपालिकाले १२ तले […]