सुखानी पुगेर ओली जब यसरी भावुक बने

८ माघ २०७३, शनिबार ०९:०९

झापा, ८ माघ । झापा विद्रोहका योद्दाहरूको नाममा सुखानी सहादतस्थलमा स्मारक बन्ने भएको छ ।

एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रमका बीच शुक्रबार राति शिलान्यास गरेका हुन् । शिलान्याससँगै अब सुखानी सहादतस्थलमा स्मारक बन्ने भएको हो ।

ओलीले एमालेका सयौं कार्यकर्ताका बीच झापाको सिमाना पर्ने सहादतस्थलमा गइ पिल्लरमा सिमेन्ट इँटा र पानी मिसाएको घोला लगाएर स्मारकको शिलान्यास गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले सहिदको सपना पूरा गर्न पनि आगामी माघसम्ममा तीन चरणको चुनाव जसरी पनि गराउनु पर्ने बताए । उनले सविधान कार्यन्ययन गर्नु पर्ने भन्दै दायित्वबाट कोही पनि भाग्न नमिल्ने उल्लेख गरे ।

४० लाख रुपियाँको लागतमा ४० फिट अग्लो स्मारक बन्ने सांसद प्रेम गिरीले बताए ।

२०२८ साल फागुन २१ गतेको झापा विद्रोहका नेताहरू रामनाथ दाहाल, नेत्र कुइँकेल, वीरेन राजबशीलगायतलाई इलाम जेल सार्ने बाहानामा सोही स्थानमा गोली हानी हत्या भएको थियो ।

तत्कालीन झापा आन्दोलनका नाइकेमध्येका एक ओलीले निक्कै भावुक भएर भने, ‘म यो बाटो १८ सालदेखि हिँड्दै आएको छु । तर आजसम्म पनि यो क्षेत्रका विकास हुन सकेन । अब यो स्मारकसँगै विकास हुन्छ ।’ दैनिक नेपालबाट

Next Post

बालुवाटारमा यस्तो देखियो बितण्डा

८ माघ २०७३, शनिबार ०९:०९
काठमाडाैंः ‘मान्दिन मान्दिन, म त मरिगए मान्दिन । बरु बैठक–सैठक छाडेर हिँड्छु ।’ २८ गते साँझ प्रधानन्यायाधीश निवास बालुवाटारबाट न्यायपरिषद् सदस्य रामप्रसाद सिटौला यसो भन्दै निस्किए । ‘ए भाइ बस, बस । बरु अर्काे मान्छे देऊ तर तिमीले भनेको केटो अलि स्वच्छ छविको परेन’ भन्दै सुशीला कार्कीले सम्झाउन खोजिन् तर […]