एमालेले गर्‍यो सर्वदलीय बैठक बहिस्कार

१६ जेष्ठ २०७४, मंगलवार १२:०६

काठमाडौं : व्यवस्थापिका संसद भवन नयाँबानेश्वरमा सर्वदलीय बैठक बसिरहेको छ । सहमती नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको समयसीमा सकिन २ दिन बाँकी रहँदा सहमतीय सरकार गठनको विषयमा छलफल गर्न भनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सर्वदलीय बैठक बहिस्कार गरेको छ ।

एमालेका कुनै पनि नेता बैठकमा उपस्थित भएका छैनन् । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि भावी प्रधामन्त्रीका रुपमा देखापर्नु भएका देउवाले दलहरुलाई लिखित पत्र नै पठाएर सहमतीय सरकार गठनको छलफलका लागि उपस्थित हुन आह्वान गर्नु भएको थियो ।

बैठकमा एमाले बाहेका सबैजसो दलका शीर्ष नेता उपस्थित भएका छन् । के कारण एमालेले बैठक बहिस्कार गरेका यकीन नभएपनि देउवाको नेतृत्वमा सरकार बनाउने कुरामा एमालेको असहमति रहेकोले बैठक बहिस्कार गरेका हुनसक्ने अनुमान गरिएको छ । गत बुधबार प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि बिहीबार राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि एक साताको समय दिनुभएको थियो ।

Next Post

अब दुई वर्षभित्र गाउँ-गाउँमा ब्रोडब्यान्ड

१६ जेष्ठ २०७४, मंगलवार १२:०६
काठमाडौं- सरकारले आगामी दुई वर्षभित्र गाउँगाउँमा ब्रोडब्यान्ड पुर्‍याउने योजना सार्वजनिक गरेको छ। सोमबार व्यवस्थापिका संसदमा आर्थिक वर्ष ०७४/७५ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले ब्रोडब्यान्ड इन्टरनेट सेवालाई वडास्तरसम्म विस्तार गर्ने बताए। त्यसैगरी, राष्ट्रिय राजमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सडकहरूमा अप्टिकल फाइबर बिछ्याई आगामी दुई वर्षभित्र सबै जिल्ला […]