प्रधानमन्त्री ओली खतरामुक्त

१३ मंसिर २०७६, शुक्रबार १२:५२

काठमाडौं -चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको बताएका छन् । प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा  अपरेसन गरिएको थियो । त्यसको तीन दिनपछि शुक्रबार उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र उनी खतरामुक्त रहेको निजी चिकित्सक डा. दिब्या सिंह शाहले जानकारी दिइन् । उनले भनिन्, ‘अहिलेको अवस्थामा खतरामुक्त हुनुहुन्छ । भोलि वा पर्सि वा भविश्यको कुरा समयले बताउँछ ।’

चिकित्सकहरुकाअनुसार मिर्गौला प्रत्यारोपण गरेका विरामीहरुलाई एपेन्डिसाइटिस हुँदा जति ज्वरो आउनुपर्ने हो नआउने र त्यति दुखाई पनि महसुस हुँदैन । साथै एडेन्डिक्स फुट्दा पेटमा संक्रमण फैलने सम्भावना भने अरुलाई भन्दा बढी हुन्छ ।

उपचारमा संलग्न डा. रमेश सिंह भण्डारीले भने, ‘संक्रमण पेटभरी फैलिएको थियो । लक्किली ठीक समयमा सबै हेरियो र चाँडै (अप्रेसनको) निर्णय लियौं ।’ प्रधानमन्त्री ओलीको स्वास्थ्य अपेक्षा गरेभन्दा राम्रो सुधार भइरहेको समेत उनले बताए ।

Next Post

भ्रमण वर्षलाई सफल पार्न सरकारद्वारा राजदूतसँग छलफल

१३ मंसिर २०७६, शुक्रबार १२:५२
काठमाडौँ – पर्यटन वर्ष २०२० लाई सफल बनाउन सरकारले विदेशी कुटनीतिक नियोगहरुसँग छलफल गरेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशका राजदूतहरुलाई मन्त्रालयमा बोलाई भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्न अग्रह गरेका हुन् । उनले आफ्नो मुलुकका नागरिकहरुलाई नेपाल भ्रमण गर्न सुरक्षित रहेको जानकारी […]