पहिरोमा पुरीएर ४ जनाको मृत्यु १ घाईते

८ बैशाख २०७४, शुक्रबार १०:२५

कालिकाेट:जिल्लाको सदरमुकाम मान्म नजिकै रहेको नरहरीनाथ गाउपालिकाको कोटवाडा स्थित जितेघाट वषपार्क नजिकै पहिरोले ४ जनाको ज्यान लिएको छ । विहिवार साँझ आएको पहिरोले चार जनाको ज्यान लिएको हो । कर्णाली करिडोरको सडकमाथिबाट आएको पहिरोमा परी नहरिनाथ गाउपालिका–१ निवासी ४० बर्षिय गोर्ख विक उनकी पत्नी ३६ वर्षिया धना विक र १३ वर्षिया छोरी वाजपुरा विक र अर्का शान्नित्रिवेणी गाउपालिका वडा नं. ९ मुम्राका ३० वर्षिय लोगवहादुर केसिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

त्यस्तै सान्नीत्रिवेणी – ३ वस्ने १४ बर्षिया भावनादेवी देवकोटा घाएते छन् । उनको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । मृत्यु हुने कोटवाडाका विक हुम्ला कर्नाली राजमार्ग अन्तर्गत चल्ने जिप बसपार्क नजिकै ब्यापार ब्यवशाय गरी बसिरहेका थिए । वेलुकीपंख एकाशि मुसलधारे पानी आउँदा अचानक माथीबाट पहिरो आएको बताइएको छ ।

Next Post

महिला उम्मेदवारको चर्चा, शान्नि त्रिवेणीमा पार्वती भिड्दै

८ बैशाख २०७४, शुक्रबार १०:२५
कालिकोट : स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा जिल्लामा महिला उम्मेदवारको निकै चर्चा चल्न थालेको छ । नेकपा एमाले कालिकोटले महिलालाई प्राथामिकतामा राखेर महिला उम्मेदवार चुनावमा भिडाउने तयारी गरेको छ । जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकामा उप प्रमुख पदमा महिला उमेदवार पार्वती सिंहलाई सुम्पीएको छ । अनेरास्ववियू पुर्व केन्द्रिय सदस्य समेत रहेकी सिंहले […]