कोरोना कहरको विचमा मजदुरको मजदुरी

१२ चैत्र २०७६, बुधबार १८:३५

कालीकोट- कोरोनाले महामारीको रुप लिएपछि रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेको छ । जसले विशेष गरी न्युन आय भएका वर्गलाई थप पीडित बनाएको छ । रोग सर्ने डर भएपनि दुई छाँक टार्न उनीहरु अझै पनि मजदुरी गर्न बाध्य छन् । जिल्लाको सदरमुकाम मान्ममा कोरोनाको त्रासका विचमा पनि मजदुरहरुले मजदुरी गर्न बाध्य भएकाछन् ।

घर परिवारको जिविकोपार्जन गर्न मजदुरले मजदुरी गर्न बाध्य भएका हुन् । देशभरसंगै कालीकोटमा पनि सरकारद्धारा लकडाउन घोषणा गरिए पनि मजदुरहरु ढुङगां माटोसंग आफ्नो दैनिकी बेतित गरिरहेका छन् । मान्ममा लकडाउनले सुनसान भएपनि निर्माणधिन सडकमा मजदुरले मास्क लगाएर काम गरिरहेका छन् ।

छाक टार्न र दिन गुजरा गर्नका लागि मजदुरले कोटदरवार मार्गमा निमार्णधिन सडकमा मजदुरी गरिरहेका छन् । सरकारले घोषणा गरेको लकडाउनले दुर्गमका स्थानीय मजदुरलाई जाकारी भएपनि काम गर्न बाध्य भएका छन् । मनमा त्रास भएपनि आफ्नो जीवीकोपार्जनका लागि मजदुरी गर्न बाध्य भएको पलाता गाउँपालिकाकी सर्मिला शाहीले बताईन् ।

कोरोना भाईरसको होहल्ला धेरै सुनियो सुनियर पनि के गर्नु पेट पाल्नका लागि आफुहरुले काम गर्नुपर्ने बाध्यता रहेको मजदुरले दुखेसो पोखेका छन् । पेट पाल्न र घर परिवारको हेरचाह गर्न र रोटीरोजीका लागि पनि मजदुरी गर्नुपर्ने बाध्यता रहेको मजदुरले बताएका छन् । कोरोनालाई कम सम्झिएका र्छौ पेटलाई बढी सम्झिएको अर्का काम गर्ने मिस्त्री कृष्णबहादुर बमले बताए ।

अर्का खाँडाचक्र नगरपालिका–३ ताडिका सुरेश पाण्डेले आफ्नो रोजिरोटीको लागि काम गर्नु बाध्य भएको सुनाए । उनले आफ्नो अन्य आयस्रोत नभएकाले दिनमा कमाएको ७ सय रुपैयाले परिवार पालिरहेको बताए । कोरोनाको त्रासमा काम गर्ने यी मजदुर त एक प्रतिनिधि मुलक पात्र मात्र हुन् । यस्तै चैतको गर्मिमा सडक तथा अन्य भौतिक संरचना निर्माणमा सयौंको संख्यामा मजदुरले मजदरी गर्न बाध्य भएका छन् ।

Next Post

नेपालगञ्ज एयरपोर्टमा नेपाल एयरलाइन्सको विमान दुर्घटना

१२ चैत्र २०७६, बुधबार १८:३५
बाँके– नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज एयरपोर्टमा दुर्घटना भएको छ । काठमाडौंबाट नेपालगञ्ज एयरपोर्ट पुगेको विमान अवतरणका क्रममा दुर्घटना भएको हो । नेपालगञ्ज एयरपोर्टमा अवतरणका क्रममा रनवेमा चिप्लिएर बिमान खेतमा पुगेको स्थानीय प्रत्यक्षदर्सीले जानकारी दिएका छन् । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । दुर्घटनाको कसरी भयाे भन्ने कुनै पनि […]