महिला उम्मेदवारको चर्चा, शान्नि त्रिवेणीमा पार्वती भिड्दै

९ बैशाख २०७४, शनिबार १३:३१

कालिकोट : स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा जिल्लामा महिला उम्मेदवारको निकै चर्चा चल्न थालेको छ । नेकपा एमाले कालिकोटले महिलालाई प्राथामिकतामा राखेर महिला उम्मेदवार चुनावमा भिडाउने तयारी गरेको छ । जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकामा उप प्रमुख पदमा महिला उमेदवार पार्वती सिंहलाई सुम्पीएको छ । अनेरास्ववियू पुर्व केन्द्रिय सदस्य समेत रहेकी सिंहले आफ्नो पक्षमा जित हुने दावी गरेकी छन् । शान्नित्रिवेणीमा अन्य दलले प्रमुख र उपप्रमुखमा टुंगो लगाएको छैन् । महिला उम्मेदवारको चौतर्फी चर्चा चुलिन थालेको छ ।

बिभिन्न दलका महिला नेतृहरुले आफुहरु पनि नेतृत्वको लागी तयार भएको भन्दै ईच्छा प्रकट गर्न थालेका छन् । रास्कोट नगरपालिकामा उपमेयरमा एमालेबाट उमा शाही, नेपाली कांग्रेसबाट भावना शाही र माओवादी केन्द्रबाट मिम्सरा शाही भिड्ने तयारीमा छन् ।

उप मेयर र उप प्रमुखमा सवै नेतृले जित्ने दावि गरेकी छन् ।
शान्नित्रिवेणी गाउपालिकाबाट उप प्रमुखमा उम्मेदवारी दिने पार्वती सिंहले स्थानिय निकायको निर्वाचनमा सरकारले करिव ५० प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरि मिलाएको व्यवस्था लागु गरिनु पर्ने बताइन् ।

हरेक स्थानीय तहमा गाँउपालिका वा नगरपालिकाको प्रमुख वा उप प्रमुखमा एक जना महिला उम्मेद्धार उठाउनुपर्ने संवैधानिक व्यवस्था छ । सिंहले आफु लामो समयदेखि एमालेको राजनितिमा होमिएले आफ्नो पक्षमा बहुमत आउने दावी गरिन् । उनले भनिन, ‘महिलाको पक्षमा निरन्तर राजनीति यात्रामा वकालत गर्दै आएकोले पार्टीले सम्मानजनक ढंगले उप प्रमुखमा जिम्मा दिएर उम्मेदवार रहने छ । मलै पार्टीमा राजनीति गरिरहँदा आफ्नो र प्राय पार्टी नगरि सवै महिलाको हित हुने काम गरेको छु ।’

स्थानीय तहको निर्वाचनमा हरेक वडाबाट एकजना वडाध्यक्ष र चारजना सदस्य निर्वाचित हुने व्यवस्था छ । त्यसमा दलित र खुला गरी दुई महिला अनिवार्य छ । महिला सहभागिता सुनिश्चित गरिँदा महिला जागेका छन् । सिंहले थपिन् –‘महिलाको उत्साहलाई समाज रुपान्तरणमा लगाउन सक्नुपर्छ । ’ सिंह नेपाल पत्रकार महासंघकी केन्द्रिय सभासद समेत हुन् ।

Next Post

९२ नगरपालिकामा चुनाव हुँदा ३ महिला मेयरमा चुनिए

९ बैशाख २०७४, शनिबार १३:३१
काठमाडौं । पहिलो चरणमा स्थानीय निर्वाचन भएका २८३ स्थानीय तहमध्ये ४ महानगरपालिका र ९२ नगरपालिकामा महिला कतिजना प्रमुख निर्वाचित होलान् ? भरतपुरमा रेणु दाहाल बाहेक महानगरपालिकामा मेयर जित्ने सम्भावना भएका कुनै पनि दलले महिला उम्मेदवार दिएका छैनन् । पोखरामा राप्रपाकी गीता गुरुङ मेयरको प्रतिस्पर्धामा धेरै पछाडि परिसकेकी छन् । काठमाडौंमा […]