बेस्ट कर्णाली मिडियाको चौथो बार्षिकोत्सव मनाइयो

४ माघ २०७५, शुक्रबार १७:०४

कालिकाेट– बेस्ट कर्णाली मिडिाया प्रालिले चौथो बार्षिकोत्सव मनाएको छ । स्थापनाको तेस्रो बर्ष पुरा गरी चौथो वर्षमा प्रवेस गरेको अवसरमा उत्सव मनाइएको हो । जिल्ला सदरमुकाम मान्ममा कार्यालय संचालन गरेको मिडियाले सरोकारवालासँग शुभकामना आदान प्रदान गरेर उत्सव मनाएको हो । कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बार्षिकोत्सव कार्यक्रममा सम्वोधन गर्दै मिडियाको सफलताको शुभकामना ब्यक्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रमुख जिल्ला अधिकारी कार्कीले मिडिया क्षेत्रका चुनौति लाई सामाना गर्दै चौथो बर्ष प्रवेस गरेकोमा बधाइ ज्ञापन गरेका छन् । बेस्ट कर्णाली मिडियाले प्रकाशन र प्रसारणमामा ल्याएका सबै संस्करणको प्रजिअ कार्कीले प्रसंसा गरेका थिए ।

मिसन न्युज साप्ताहिक, मिसन इन्युज डटकम अनलाइन पत्रिका र मिसन अनलाइन टेलिभिजनले पाठक र दर्शकसामु लोकपृय बन्दै गएको प्रमुख जिल्ला अकिारी कार्कीले बताए । प्रजिअ कार्कीले आगामी दिनमा पनि सत्य तथ्य समाचार र सुचना प्रकाशन, प्रशारण गरेर नागरिकलाई सन्देश प्रवाह गर्न आवश्यक रहेको बताए । बार्षिकोत्सवमा सहभागी नेकपाका नेता कृष्णप्रसाद आचार्यले मिडियाको सफलताको शुभकामना दिएका छन् । कालिकोट जिल्लामा मात्र नभई अनलाइन मार्फत देशभर समाचारले सन्देश दिएको नेता आचार्यले बताए । त्यस्तै नेपाली काँग्रेस कालिकोटका सहसचिव दमन शाहीले मिडिया स्थापनाको चौथो वर्षसम्म पुग्दा पाठक वर्गमा उत्कृष्ट र लोकपृय भएकोमा बधाइ दिएका छन् । विगतका चुनौती र अवसरलाइ मध्यनजर गर्दै भावि दिनमापनि बेस्ट कर्णाली मिडियाले समाजको ऐना बनेर समाचार सम्प्रेसण गर्नु पर्ने नेता शाहीले बताए ।

खोज पत्रिकारीता र विकास पत्रकारितालाई पहिलो आधार बनाएर समाजमा सकरात्मक सन्देश प्रवाह गरेकोमा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य कालीबहादुर मल्लले बधाइ दिएका छन् । स्थापनाको चौथो बर्षमा कर्णालीमा पहिलो मिडिया स्थापना गरेर दुरदराजको विकास र शुसानमा मिडियाले प्रभावकारी काम गरेको नेपाल पत्रकार महासंघका कर्णाली प्रदेशका सदस्य विष्णु न्यौपानले बताए ।

समृद्धिका लागि सहयात्रा निरन्तर रहेको बेस्ट कर्णाली मिडिया प्रालीका अध्यक्ष पवित्रकुमार शाहीले बताए । उनले विगतका तिन वर्ष चुनौति र अवसरको विचबाट पत्रकारितालाई निरन्तरता दिएको सुनाए । बेस्ट कर्णाली मिडिया प्रालिद्धारा मिसन न्युज साप्ताहिक, मिसन इन्युज डटकम अनलाइन पत्रिका, मिसन अनलाइन टेलिभिजन प्रकाशन तथा प्रसारण भएका छन् ।

नेपाल सरकारको प्रेस काउन्सिलद्धारा ख बर्गमा बर्गीकृत भएको मिसन न्युजले समाजमा हुने राम्रा कामको उजागार र नराम्रा कामलाइ खबदारी गर्दै आएको प्रकाशक एवं सम्पादक पवित्रकुमार शाहीले बताए । मिडियाले विज्ञापन एजेन्सी, रेडियो तथा टेलिभिजन कार्यक्रम उत्पादन, भिडियोयो डकुमेन्ट्री उत्पादन र समसामुहिक विषयमा साक्षतकार तथा संवादमुलक कार्यक्रम संचालन गर्दैआएको छ ।

Next Post

डाभोसमा प्रधानमन्त्रीको सहभागिता, नेपालको सफलताप्रति विश्वको चासो

४ माघ २०७५, शुक्रबार १७:०४
काठमाडौँ – स्विटजरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको वार्षिक बैठकबाट नेपालले ठूलो लाभ लिनसक्ने विश्वास गरिएको छ । यही माघ ८ देखि ११ गतेसम्म हुने सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिने कार्यक्रम छ । सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डाभोस बैठकमा नेपालले पहिलो पटक प्रधानमन्त्री […]