विद्यार्थी संगठनविच झडव १२ जना घाईते, प्रहरीको अस्रुग्यास प्रहारपछि झडव नियन्त्रण

१६ फाल्गुन २०७३, सोमबार १०:५६

कालिकाेट : नेपाल विद्यार्थीसंघ र अनेरास्ववियुको सयुक्त स्ववियु निर्वाचन प्यानल र अखिल क्रान्तिकारी र राप्रविसंघका विद्यार्थी विच झडव भएको छ । झडवमा १२ जना घाईते भएका छन् । १२ जना मध्य ८ जना सामान्य घाईते भएका छन् । १ जनाकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे प्रहरीले बताएकाे छ । ३ जनालाई स्थानीय मेडिकलमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । अखिल क्रान्तिकारीको ढुगांप्रहारबाट अनेरास्वीयूका मदन सिंह गम्भिर घाईते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

अनेरास्वीयुका नविन शाही र अलिल क्रान्तिकारीका मन्दिरराज रोकायको स्थानीय मेडिकलमा उपचार भईरहेको छ । प्रहरीले झडवमा अश्रुग्यास प्रहार गरेपछि झडव नियन्त्रण भएको हो । अखिल क्रान्तिकारीले एकजना प्रहरीको छातीमा ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले छातीमा हानेको ढुंगा हेल्मेडले व्लग गर्दा खासै चोट नलागेको सुनाए ।

नन्दादेवि बहुमुखी क्याम्पस कोटवाडाका स्ववियु निर्वाचन अधिकृत रत्नसिंह साउद लाई कालो मुसो दलिएको थियो । यहि फागुन १८ गते हुने स्ववियु निर्वाचन १६ गते नै घोषणा गरेर सदरमुकाम फर्किएकाले नेपाल विद्यार्थी संघ र अनेरास्ववीयु कालिकोटले साउथलाई कालो मुसो दलेका हुन । नन्दा देवि बहुमुखी क्याम्पसमा तिन वटा विद्यार्थी संगठन स्ववियु निर्वाचनका लागि दर्ता भए पनि अखिल क्रान्तिकारीले क्याम्पस प्रशासनसंग मिलेर लक्ष्मण बुढालाई सभापतिमा घोषणा गरेपछि साउदलाई नियन्त्रणमा लिन खोजिएको बताइएको छ । सोमवार कालिकोट सदरमुकाम मान्ममा विद्यार्थीहरु नाराबाजी लगाइरहेका छन् । कोटवाडाको क्याम्पसमा अनेरास्ववीयु र नेविसंघको सयुक्त प्यानल बनेको छ ।

त्यस्तै अखिल क्रान्तिकारीको एकल मात्र प्यानल घोषणा गरिएको थियो । नेविसंघ र अनेरास्ववियुले जिल्लाका ४ वटा क्याम्पसमा सयुक्त प्यानल बनाएका छन् । जसमा दुई वटा क्याम्पसमा नेविसंघको तर्फवाट सभापति र दुई क्याम्पसमा अनेरास्ववीयुलाई सभापति पद दिने सहमतिमा प्यानल घोषणा गरिएको छ । जिल्लाको पहिलो क्याम्पस तिला कर्णाली बहुमुखि क्याम्पसमा अनेरास्ववियुका लक्ष्मण शाहीलाई सभापतिमा उम्मेद्वारी घोषणा गरिएको छ । त्यस्तै अखिल क्रान्तिकारी र राप्रविसंघले क्रान्तिकारीका भिमप्रासद आचार्यलाई सभापतिको उम्मेद्वारी छ ।

सदरमुकाममा नाराबाजी

सदरमकाम पुगेका निर्वाचन अधिकृत माथि अनेरास्ववीयु र नेविसंघले आक्रमण गर्न खोज्दा दुई वटै प्यानलको नाराबाजी भईरहेको छ । नेविसंघ कालिकोटका अध्यक्षले भने, ‘कानुनलाई आफ्नो हातमा लिएर माओवादीले आफ्नो शिक्षक संगठनको जिल्ला अध्यक्षलाई निर्वाचन अधिकृत बनाए । निर्वाचन अधिकृत र अखिल क्रान्तिकारीको मिलीमतोमा निर्वाचन घोषणा गरिएकाले केहि साथीहरुले धरपकट गरेका हुन ।’ घोषणा गरिएको निर्वाचन फिर्ता लिएर पुनः कानुनी ढंगले निर्वाचन प्रक्रियामा नजादासम्म आन्दोलन गर्ने नेविसंघ र अनेरास्ववियुले चेतावनी दिएको छ । त्यस्तै अखिल क्रान्तिकारीले पनि निर्वाचन अधिकृतलाई कालो मुसो दलेर बजारमा अपमान गरेको भन्दै चर्काे विरोध गरेको छ । दुई प्यानलको विचमा नाराबाजि भईरहेको छ । प्रहरीले दुई समुहको विचमा सुरक्षा दिईरहेको छ । अखिल क्रान्तिकारीले सभापति घोषणा गरेकाले अव फिर्ता नलिने भन्दै नारावाजी गरीरहेका छन् ।

Next Post

संविधान संशोधन रोक्ने पक्षमा प्रधानमन्त्री

१६ फाल्गुन २०७३, सोमबार १०:५६
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चालाई संविधान संशोधन प्रस्ताव रोकेर निर्वाचनमा सहभागी हुन प्रस्ताव गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ मोर्चाका नेतासँग भएको छलफलमा प्रधानमन्त्रीले संसद्मा प्रस्तुत भएको संविधान संशोधन प्रस्ताव तत्काल पास हुने स्थिति नभएको भन्दै प्रस्ताव केही समय रोक्न आग्रह गरेका छन्। संशोधन प्रस्ताव तत्काल रोकेर संशोधन […]