जेलभित्रै यसरी भयाे, कैदीविच भव्य विवाह

१२ फाल्गुन २०७३, बिहीबार ०८:०१

कालिकाेट: जिल्ला कारागार कालिकोटमा रहेका कैदीहरुको एक जोडीे जेल भित्रै विहिवार विवाह बन्दनमा बाँधिएका छन् । कालिकोट राचुली गाविस—९ का ३३ बर्षीय डिल्ली कोइराला र कालिकोट लालु—७ घर भएकी ३० बर्षीया मिम्कोशा विष्ट विच विवाह भएको हो । कोइराला पत्नी हत्या गरेर जेल सजाए भोग्न आएका हुन भने विष्ट पनि पतीको हत्याको अभियोगमा जेल सजाएमा आएका जेलर संजय महतोले बताए । उनका अनुसार, डिल्ली कोइरालाले २०६८ साल साउन २९ गते पत्नी नन्दशोभा कोइरालाको हत्या गरेपछि जिल्ला अदालत कालिकोटको फैसला अनुसार भदौ २२ गते जेल चलान भएका हुन । त्यस्तै मिम्कोशाले २०७२ असोज १ गते पती प्रेम विष्टको हत्या गरेपछि जिल्ला अदालतको फैसला अनुसार असोज १० गते जेल चलान भएकी हुन । पत्नी हत्याको आरोपमा डिल्ली र उनकी आमा रन्ता कोइराला कैदी भएका थिए । बन्दीगृह भित्र महिलाको छुट्टै र पुरुषको पनि छुट्टै वस्ने खाने ब्यवस्था छ ।

तर डिल्लीकी आमा महिला वस्ने कोठामा हुँदा मिम्शोभालाई बुहारी बन्न अनुरोध गरेकी थिईन । जेल भित्रै बधु बनेकी मिम्कोशाले भनिन, ‘डिल्लीको आमाले गर्दा मैले उहाँलाई मन पराएको हुँ । मैले श्रीमानको हत्या गरे डिल्लीले पनि श्रीमतीको हत्या गरे । त्यसैले उहाँसंगै विवाह गर्ने मन लाग्यो ।’ दुवैलाई एउटै प्रकृतिको कर्तव्य ज्यान मुद्दा जिल्ला अदालतले फैसला गरेको थियो ।
कैदी डिल्ली कोइरालाले भने, आमाले मिम्कोशालाई विवाहको प्रस्ताव राख्दा स्वीकार गरेकी हुन । त्यसै कारणले विवाह गरेको हौ । जेलबाट भविष्यमा छुट्दा एक अर्काेले श्रीमती मार्ने र श्रीमान मार्ने भनेर झगडा नहुने भएकाले पनि हाम्रो दिर्घकालीन माया हुन्छ ।’ उनले थपे, ‘यो विवाहले समाजलाई पनि पाठ सिकाउछ । दुईटैको कमजोरी भएको छ । कमजोरी गरेकोले कमजोरी गर्ने संगै विवाह गरेको हुँ । ’
उनिहरुले जेल भित्रै विवाह गरे पनि कानुनी रुपमा जेल सजाय पुरा नगर्दासम्म संगै हुन नपाउने जेलेर संजय महतोले बताए । डिल्ली कोइरालाले सात बर्ष कैद सजाए भोगेका छन् भने उनको ३ वर्ष अझै जेल कुर्नु पर्ने छ ।

त्यस्तै मिम्कोशाले १ बर्ष जेल सजाय भोगे पनि अझै ४ वर्ष सजाए भोग्न बाँकी छ । कोइरालाद्धारा हत्या गरिएकी पहिलेकी श्रीमतीबाट दुई छोरा छन् भने विष्टका १ छोरा र ३ छोरी छन् । विष्टसंगै ५ बर्षकी छोरी छन् । विवाह कार्यक्रममा पुजारी जयचन्द्र अधिकारीले विवाह गराएका थिए । विवाहमा पत्रकार, मानव अधिकारकर्मिको सहभागीता रहेको थियो । श्रीमती हत्या गरेर विधुर बनेका कोइला र श्रीमान हत्या गरेर विद्युवा बनेकी विष्टको वैवाहिक सम्वन्ध दिर्घायुका लागि जेलर संजय महतोलगायतकाले शुभकामना दिएका थिए ।

Next Post

स्थानीय निर्वाचनको मिति फिर्ता लिन बाबुराम र उपेन्द्रको माग

१२ फाल्गुन २०७३, बिहीबार ०८:०१
काठमाडौंः संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले स्थानीय निर्वाचनको मिति फिर्ता लिन माग गरेका छन्। बिहीबार बिहान फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय निर्वाचनको मिति फिर्ता लिन सरकारसँग माग गरेका हुन्। राजनीतिक दलहरूको भागवण्डा र सत्ता […]