कर्णालीमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

१० जेष्ठ २०७७, शनिबार १५:४८

सुर्खेत– कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा शनिवार ३ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमणको पुनः पुष्टीका लागि स्वाब नेपालगंज पठाइएको थियो। नेपालगंजमा गरिएको परीक्षणमा पजि पोजेटिभ देखिएको हो। गत सोमबार दैलेखका १ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या ४ पुगेको हो।

बिहीबार भारतबाट आएका १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

‘आरडीटी गर्दा पोजिटिभ देखिएकामध्ये ३ जनाको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको छ,’ कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले भने, ‘पीसीआरमा पोजिटिभ देखिएका ३ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।’ संक्रमित मध्ये २ जना बराहताल र एक जना चौकुने गाउँ पालिकाकाा रहेको बताइएको छ।

बिहीबार भारतबाट फर्किएका १६ सय नागरिकमध्ये बबईमा ७ सय ४० जनाको आरडीटी गरिएको थियो । अहिलेसम्म चारै जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक खड्काले जानकारी दिए ।

Next Post

कोरोनाले लखेटिएका कर्णालीवासी सिमा नाकामा अलपत्र

१० जेष्ठ २०७७, शनिबार १५:४८
पीके शाही – सुर्खेत । भारतबाट नेपाल आउँदै गरेको सयौं कर्णालीवासी सिमा नाकामा अलपत्र परेका छन् । रोजगारको लागि भारतको नैनिताललगायतका विभिन्न स्थानमा गएका नेपाली सिमा नाकामा अलपत्र परेका हुन् । विश्वभर फैलिएको कोरोना भाईरसको त्रास र लकडानले गर्दा नेपाल– भारत सिमा नाकामा निकै समस्या परको हो । एक हप्ता […]