महिला र वाल हिंसा अन्त्य गर्न पाँच वर्षे रणनीति

२४ कार्तिक २०७४, शुक्रबार १४:५३

कालीवहादुर मल्ल –
कालिकोट—महिला तथा वालवालिका विरुद्धहुने हिंसाको अन्त्य गर्न पाँच वर्षे रणनीति बनेको छ । महिला तथा वालवालिका सेवा केन्द्र रणनीति योजना ०७४ प्रकाशन गरी बिहीवार सार्वजनीक गरिएको हो । घरेलु हिंसा, यौन शोषण, यौनजन्य अपराध, वालयौन दुब्र्यवहार, वालविवाह जस्ता हिंसाको प्रभावकारी नियन्त्रण गर्न, अनुसन्धान गरी पीडकलाई कारवाही तथा पीडितलाई न्याय दिलाउने उद्देश्यका साथ पाँच वर्षे रणनीतिक योजना तयार गरी प्रकाशन गरिएको हो । सेभ द चिल्ड्रेन, किर्डाक नेपालको सहयोगमा जिल्ला प्रहरी कार्यालय कालिकोटद्धारा प्रकाशन गरिएको छ ।

रणनीतिक योजनामा कालिकोट जिल्लाको परिचय, महिला तथा वालवालिका सेवा केन्द्र र सम्वन्धित केन्द्र, क्षेत्र र जिल्लावाट अपेक्षित भूमिका र कार्यहरु, महिला तथा वालवालिका बिरुद्ध हुने हिंसाका वारेमा जनाकारी गराइएको छ । यस्तै महिला तथा वालवालिका विरुद्ध हुने हिंसाको न्यूनिकरणकालागि कानूनि व्यवस्था बारेमा उल्लेख गरिएको कालिकोटका प्रहरी प्रमुख डिएस्पी सुवासचन्द्र वोहाराले बताए ।

जिल्ला प्रहरी कार्यायलका प्रहरी इन्सपेक्टर सूर्यवहादुर वोगटी र निरज चौलागाईले संयुक्तरुपमा रणनीति सार्वजनिक गरेका थिए । रणनीति योजनामा वालविवाह, जवजस्ती विवाह, वहुविवाह सम्वन्धि उजुरीको सेवा केन्द्रमा ३० प्रतिशतले वृद्धि गर्ने,सेवा केन्द्रमा उजुरी गरिएकाहरु मध्य कम्तिमा ६० प्रतिशत पीडितहरुको समाजमा पूर्नस्थापना गर्ने लक्ष राखिएको छ । पाँचवर्ष भित्र सेवा केन्द्रमा तालिम प्राप्त अधिकृत लगाएत ५ जना महिला प्ररीको दरवन्दी र सोही अनुसारको नियमित सेवा प्रदान गरिने रणनीतिक योजनामा उल्लेख छ ।

 

Next Post

खोकनामा साइक्लिङ

२४ कार्तिक २०७४, शुक्रबार १४:५३
साइक्लिङका लागि खोकना राम्रो गन्तव्य हो। स्वदेशी तथा विदेशी साइकलेहरु बरोबर त्यहाँ पुग्छन्। प्राचीन नेवार वस्ती र खेतीबालीका हरियाली हेर्दै साइकल कुदाउँदा बेग्लै आनन्द मिल्छ। यात्रामा खोकना र बुङ्मती घुम्न पाइन्छ । काठमाडौंको काष्ठमण्डपबाट कालीमाटी, बल्खु, चोभार, चाल्नाखेल, बुङ्मती हुँदै खोकना पुग्न करिब २० किमि । यसलाई ‘हेरिटेज राइड’का नाउँमा […]