वैद्य नेतृत्वको माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने

४ कार्तिक २०७६, सोमबार १५:५०

काठमाडौं – मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले मंसिर १४ गते हुने उपनिर्वाचन बहिस्कार गर्ने भएको छ ।  सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता सीपी गजुरेलले पार्टीले र देशभक्त जनगणतान्त्रिक मोर्चाले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय लिएको जानकारी गराए ।

नेकपा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा नामको मोर्चा संगठन बनाएर स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएको थियो ।

पहिले भाग लिइसकेको निर्वाचन अहिले किन बहिस्कार गर्ने भन्ने प्रश्नमा नेता गजुरेलले भने ‘निर्वाचनलाई पार्टीले रणनीति नभई कार्यनीति मान्दछ । कार्यनीति अन्तर्गत कहिले भाग लिने कहिले नलिने हुन्छ ।’ नेता गजुरेलले आफूहरुले अहिलेको संविधान, सरकार र व्यवस्थाकै विकल्प खोजेको बताए ।

Next Post

लक्ष्यभन्दा ५३ अर्ब ६९ करोड कम राजस्व असुली

४ कार्तिक २०७६, सोमबार १५:५०
काठमाडौं –  सरकारले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा लक्ष्यभन्दा धेरै नै कम राजस्व उठाएको छ । सरकारले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २ खर्ब ५२ अर्ब ३९ करोड रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ५३ अर्ब ६९ करोड रुपैयाँ कम उठाउन सकेको हो । यस अवधिमा कुल १ खर्ब ९८ […]