मनसराको उपचारमा ताराको साहारा

२४ जेष्ठ २०७४, बुधबार १४:५९

कालिकाेट : क्यान्सर पीडित चार वर्षिया बालिका मनसरा लुहारको उपचारको लागि जिल्लामा सहयोगी हातहरु जागेका छन् । रास्कोट नगरपालिका–७ की ४ बर्षीया मनसरा लुहारको दाइने आँखाबाट पलाएको मासु क्यान्सरमा परिणत भएपछि उपचारका लागि काठमाडौ लगिएको छ । उपचार खर्चका लागि बालिका मनसरालाई महिला अधिकारकर्मी एवं निर्माण व्यवसायी तारा शाहले २० हजार नगद सहयोग गरेकि छन् ।

बुधबार खाँडाचक्र मान्ममा आयोजित एक कार्यक्रममा शाहले रकम हस्तान्त्रण गरेकी हुन् । रफत संचार क्लव र सुपर स्टार निर्माण सेवाले सयुक्त रुपमा बालिका बचाउ सहयोग संकलन गरेको छ । क्यान्सर पीडित बालिकाको ज्यान बचाउनु आफ्नो धर्म भएकाले २० हजार नगद सहयोग गरेको शाहले बताईन् । उनले भनिन् ‘जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालय र व्यक्तिगत क्षेत्रबाट भए पनि क्यान्सर पीडित बालिकाको उपचारका लागि सहयोग गर्न आग्रह गर्दछु ।’ मान्म बजारमा क्लवले पसल पसल र कार्यालयमा गएर सहयोग रकम संकलन गर्ने क्लवका अध्यक्ष विस्नप्रसाद न्यौपानेले बताए । उनले भने, ‘गरिव परिवारकी बालिका बचाउनु हामि सबैको कर्तव्य हो । एक जनको एक रुपैयाँले पनि ठुलो सहयोग पुग्ने छ ।’

काठमाडौं लगिएकी मनसरालाई मंगलबार बिहानै नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उपचारमा लाग्ने सम्पूर्ण खर्च आफुले बेहोर्ने बताउँदै बालिका र उपचारमा सहयोगी गएका बुबा रने लुहारसहित आफन्त कालिबहादुर महतारालाई साथमा लगेको हो ।

नेकपाले मंगलबार बिहानै कलंकीमा पत्रकार सम्मेलन गरी आर्थिक अभावका कारण क्यान्सरबाट पीडित बालिकाको उपचारको जिम्मेवारी आफुले लिने बताएको थियो । पत्रकार सम्मेलनमा नेकपाका पोलिट ब्युरो सदस्य तथा भेरी कर्णाली ब्युरो इन्चार्ज भरत बम(रणवीर)ले पार्टीकै पहलमा काठमाडौं ल्याइएकोले अब उपचार पनि पार्टीकै पहलमा हुने बताए ।

पत्रकार सम्मेलन लगतै वीर अस्पतालमा उपचारका लागि पु¥याइएपनि त्यहाँ उपचार सम्भव नभएपछि मंगलबार नै टिचिङ अस्पताल महाराजगंजमा लगिएको छ । नेपाल कम्युनिष्ट पार्टी स्रोतका अनुसार अहिले पोलिट ब्युरो सदस्य भरत बमकै संयोजकत्वमा टिचिङ अस्पतालमा उपचार भइरहेको छ । पार्टीले पनि मनसराको उपचारका लागि सबैले सहयोग गर्न अनुरोध गरेको छ ।

Next Post

जनप्रतिनिधिले शुसासन कायम गर्नुपर्नेमा जोड

२४ जेष्ठ २०७४, बुधबार १४:५९
कालिकाेट: नगरपालिका तथा गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने बजेट बिनियोजन सम्बन्धि तालिम सम्पन्न भएको छ । कर्णाली क्षेत्र परिवर्तनका लागि शुसासन भन्ने मुल नाराकासाथ जनप्रतितिधिलाई सहभागितात्मक योजना तर्जुमा तथा बजेट विनियोजन सम्वन्धि तालिमको सहजिकरण गरिएको हो । जिल्लाको सदरमुकाम मान्ममा आयोजित तालिममा सहभागितात्मक दृष्टिकोण, योजना तर्जुमा, सहभागीताका तत्व,मानज अधिकार […]