नेकपाको केन्द्रीय कार्यालय धुम्बराही हुने, ६ सदस्यीय कार्यदल गठन

२४ श्रावण २०७५, बिहीबार १८:१५

काठमाडौं– नेकपाको केन्द्रीय कार्यालय धुम्बराहीमा हुने भएको छ । बिहिबार बसेको पार्टी हेडक्वार्टर बैठकले उक्त निर्णय गरेको हो ।  बैठकले पेरिसडाँडामा जनवर्गीय संगठनका केन्द्रीय कार्यालयहरु, विभाग र अन्य आवश्यक कार्यालयहरु रहने निर्णय गरेको छ ।

नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा निर्माण हुनुअघि धुम्बराहीमा एमाले र पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेके थियो । त्यस्तै, बैठकले  केही समयअघि पारित गरिसकिएको विधान र नियमावलीलाई थप व्यवस्थित ढंगले संगठन सञ्चालन गर्नका लागि त्यसका विभन्नि विनियमहरु, निर्देशिकाहरु, आचारसंहिताहरु निर्माण गर्ने प्रयोजनका लागि कार्यदल निर्माण गर्ने निर्णय समेत गरेको छ ।

कार्यदलमा नेताहरु सुवास नेम्वाङ, भीम रावल, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा र बेदुराम भुसाल रहेका छन् । यसअघि पार्टी एकतालगत्तै विधान र नियमावली पारित भैसकेको छ ।

बैठकले प्रादेशिक सांसद र सभाका सदस्यहरुलाई जिल्ला पार्टी वा त्योभन्दा तलको कुनै पनि कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारी नदिने निर्णय समेत गरेको छ भने साउन मसान्तभित्रमा राजनीतिक प्रतिवेदन प्रकाशित गरिसक्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले भदौ ७ र ८ गते स्थायी कमिटीको बैठक बस्ने निर्णय समेत गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नारायणकाजी श्रेष्ठको नेतृत्वको टोलीलाई चीन भ्रमणमा पठाउने निर्णय समेत गरेको छ ।  सो टोलीले सेप्टेम्बर १२ देखि १९ सम्म हुने चीन भ्रमण गर्नेछ ।

Next Post

खाद्य संस्थान र नेशनल ट्रेडिङलाई मर्ज गरी राष्ट्रिय आपूर्ति कम्पनी बनाउने सरकारको निर्णय

२४ श्रावण २०७५, बिहीबार १८:१५
काठमाडौं– मन्त्रिपरिषदको बैठकले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई एकीकरण गरेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने निर्णय गरेको छ । शुक्रबार राती बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । यस्तै असोजभित्र कार्यान्यनमा आइसक्नुपर्ने कानुन मध्ये ९० प्रतिशत   कानुन निर्माण प्रक्रिया पूरा भएको र अब चार पाँच वटा कानुनका बिधेयकहरु […]