जुलुसमा भारतीय झण्डाको प्रयोग

२८ माघ २०७७, बुधबार १५:३२

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएर छुट्टै समुह खडा गरेको नेकपा पुष्पकमल दाहाल, प्रचण्ड–माधव नेपाल (पुमा) समुहको जुलुसमा भारतीइ झण्डाको प्रयोग गरेको छ । अबैधानिक रुपमाबाट नेतृत्व गर्न नसकेपछि प्रतिगमन भयो भन्दै सडकमा रोइकराई गरिरहेको पुमा समुहको आजको जुलुसमा भारतीय झण्डाको प्रयोग गरको हो । सो समुहका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपालले नेतृत् वगर्नुभएको जुलसकै बीच भागमा भारतीय झण्डा प्रयोग भएको देखिएको छ । जसलाई युवा नेता युवराज बाँस्कोटाले आफ्नो सामाजिक सञ्जालमा गोलो घेरा लगाएरै राख्नु भएको छ । अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा जारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीबिरोधी अभियान छेडेको प्रचण्ड माधव समुहले आफ्नो जुलुसभा भारतीय झण्डा राखेर आफूहरु भारतको कठपुतली रहेको प्रमाण दिएको हो ।

सो समुहको जुलुसमा प्रयोग भएको भारतीय झण्डा अहिले भाइरल बनेको छ । जनताटाइम्सले युवा नेता युवराज बाँस्कोटाले फेसबुकमा राख्नुभएको तस्विरलाई यहाँ साभार गरेको छ । उहाँले फेसबुकमा प्रचण्ड–माधव समुहले भारतीय झण्डा प्रयोग गर्दै जुलुस निकालेकोमा कडा रोष प्रकट गर्नुभएको छ । यो तस्विरले प्रचण्ड माधव समुह निर्लज्ज ढंगले भारतको पक्षमा उभिएको र सो समुह नेपालको बिरुद्ध भारतीय कठपुतली रहेको प्रष्ट प्रमाण दिएको छ । जनता टाइम्स

Next Post

गाउँपालिका भित्रका नागरीकलाई निशुल्क स्वास्थ्य विमा

२८ माघ २०७७, बुधबार १५:३२
कालिकोट- जिल्लाको शान्नि त्रिवेणी गाउँपालिकाले गाउँपालिका भित्रका आफ्ना नागरीकहरु लाई निशुल्क स्वास्थ्य विमा गर्ने भएको छ । गाउँ कार्यपालिकाको वैठकले आफनो गाउँपालिका भित्रका विषेश गरी, दलित, एकल महिला,र शहिद परिवारहरुका लागी गाउँपालिकाले २० लाख रकम विनियोजन गरी विमा सुरु गर्ने जनाएको छ । यहाँका नागरीकहरुले अझैपनी औषधी उपचार नपाएरै ज्यान […]