माधव नेपाल पक्षका सांसद कृष्णभक्त पोखरेल भन्छन्- आजको बैठकमा ओलीको निर्देशन पालना गर्छौं

२६ फाल्गुन २०७७, बुधबार १०:५९

नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षका सांसद कृष्णभक्त पोखरेलले प्रतिनिधि सभा बैठकमा केपी शर्मा ओलीले दिने निर्देशन पालना गरेर अघि बढ्ने बताएका छन्। सर्वोच्च अदालतले नेकपा एकीकरण खारेज गरेर साविकको एमाले र माओवादी कायम गरे पनि फागुन २३ गते बसेको प्रतिनिधि सभा बैठक माधव नेपाल पक्षका सांसदहरूले बैठक बहिष्कार गरेका थिए ।

आजको बैठकमा भने नेपाल पक्षका सांसदहरूले अब एमाले संसदीय दलको नेताको हैसियतमा केपी शर्मा ओलीको निर्देशन पालना गर्ने जनाएका छन्। ‘संसदीय दलका नेता केपी ओलीको निर्देशन हामी पालना गर्छौं’, पोखरेलले भने, ‘अब हामी नेकपा एमाले भयौं। विधिवत् दलको नेता केपी केपी ओली हुनुहुन्छ। उहाँबाट निर्देशन आउँछ, त्यहीअनुसार हामी एमालेका सबै सांसद अघि बढ्नु पर्ने हाम्रो कानुनी र सम्पूर्ण हिसाबको दायित्व हो।’ प्रतिनिधि सभा बैठक  आज दिउँसो १ बजे बस्दैछ। by setopati

Next Post

मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै शुरु हुन्छ : प्रधानमन्त्री ओली

२६ फाल्गुन २०७७, बुधबार १०:५९
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताएका छन् । विश्व मिर्गौला दिवसका अवसरमा आज यहाँ आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिट्टै त्यस्ता सेवा स्थापना गर्न मिर्गौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा डा दिव्यासिंह शाहसहितका विज्ञ क्रियाशील रहेको जानकारीसमेत दिए । […]